शान्ति श्रीसको ‘जाम हिँड साइँली’

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८०
shanti shrees cover

पोखरा । गायिका शान्ति श्रीस मगरको ‘जाम हिँड साइँली’ सार्वजनिक भएको छ । उनको अफिसियल युटुब मार्फत् सार्वजनिक भएको गीतमा चर्चित गायक स्वरुपराज आचार्यको समेत स्वर समेटिएको छ । सुरेश राना मगरको शब्द संगीत रहेको गीतमा गौरव पहारी र रजनी गुरुङको अभिनय छ । म्युजिक भिडियोको सम्पूर्ण छायाँकन काठमाडौंमा गरिएको हो । मौसम हिमालीको कथा, निर्देशन र कोरियोग्राफीमा गीतको म्युजिक भिडियो तयार भएको हो ।

श्रीस गीतबाट आशावादी छिन् । समय सान्दर्भिक गीत भएकाले पनि उनलाई आशा जागेको हो । गीतमा देशको अवस्थालाई चित्रित गर्न खोजिएको छ । परदेशीन बाध्य हुनुपर्ने युवाको अवस्थालाई झल्काइएको छ । जसमा प्रेमका भावहरु समेत समेटिएका छन् ।

एक दशक देखि ग्लोरी फेसन होम सञ्चालन गर्दै आएकी श्रीस बुटिक एसोसिएसन नेपाल पोखराको अध्यक्ष हुन् । रोटरी क्लब अफ पोखरा मिडटाउन लगायत विभिन्न सामाजिक एवम् संस्थामा समेत आबद्ध श्रीसले ‘गल्छी झरेसी’, ‘जुन तारा’, ‘फूल जस्तो मेरो जोवान’ लगायतका गीतहरु यसअघि सार्वजनिक भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width