ओमकारेश्वरमा बाला चतुर्दशी पर्व

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८०
gharmi

पोखरा । पोखराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल घार्मीमा बाला चतुर्दशी पर्व मनाइने भएको छ ।

ओमकारेश्वर महादेव मन्दिर परिसरमा यस वर्ष पनि मंसिर २५ मा बाला चतुर्दशी पर्व मनाउने र सद्वविज छर्ने तयारी अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए । पर्वलाई लक्षित गरी मन्दिरमा रंगरोगन गर्ने तथा परिसर सरसफाइ गर्ने कार्य सम्पन्न गरिएको समिति कोषाध्यक्ष तेजेन्द्र पौडेलले बताए ।

स्थानीय राम्चे निवासी हिमलाल पौडेलको घरबाट विधिपूर्वक पूजाआजा गरी फूलको डोली निकालिने र उक्त डोली विभिन्न भागमा परिक्रमा गरेर मन्दिर परिसरमा पुर्‍याउने र दिनभर बाजागाजासहित भजनकीर्तन गर्ने तयारी भइरहेको बताइएको छ ।

घार्मीमा सद्विज छर्न त्यस क्षेत्रसहित आसपासका अर्मला, कुरेचौर, हरिपाउ, पुरूञ्चौर, हेमजा, लामाचौर, बाटुलेचौर लगायत क्षेत्रबाट श्रद्धालुहरू त्यहाँ पुग्ने गरेको स्थानीय नमराज पौडेलले बताए । पछिल्लो समय विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगले मन्दिरलाई व्यवस्थित बनाइएको र बिहानबेलुका नियमित रुपमा पूजाआजा गरिन्छ ।

पोखराको दृश्यसहित मनोरम अन्नपूर्ण हिमशृंखलाको दृष्य हेर्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । मन्दिर स्थापनादेखि नै बाला चतुर्दशी पर्व तथा शिवरात्री पर्व विशेषरूपमा मनाउने गरिएको छ । शुद्ध भई चोखोनितो गरी त्यस दिन सद्वविज छर्नाले पितृहरूको उद्धार हुने भनाइ रहेको पाइन्छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा तायाःमचा प्रतियोगिताको तयारी

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    पोखरा । नेवाः खल कास्कीको आह्वानमा तायाःमचा नृत्य प्रतियोगिताको तयारी सुरु गरिएको छ । शनिबरा नयाँबजारमा सचिवालय उद्घाटन गरी प्रतियोगिताको…
  • केदारेश्वर सेवाश्रममा फेरि चिद्घन चैतन्य

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । केदारेश्वर महादेव मणि सेवाश्रम समितिको १९ औं साधारणसभा तथा १० औं अधिवेशनले पीठाधीश चिद्घन चैतन्य महाराजको अध्यक्षतामा १५…
  • मनाइयो पहिलो दिनको बकर इद

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ…
  • पोखरामा मनाइयो भुम्या पर्व

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताएकी छन् । अठार मगरात क्षेत्रका मगर…
  • गैह्रापाटन नेवा समाजलाई लाखे नाचका सामग्री

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । पोखरा महानगर पालिका वडा नम्बर ९ ले गैह्रापाटन नेवाः समाजलाई लाखे नाचको लागि आवश्यक सामग्री प्रदान गरेको छ…

hero news full width