गल्याङको समद्धिका लागि जिम्मेवार भएर लाग्नू : मेयर भट्टराई

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०८०
galyang

स्याङ्जा । गल्याङ नगरपालिकाका मेयर गुरुप्रसाद भट्टराईले भोलिको गल्याङ र मुलुक निर्माण गर्ने अभियानमा सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने बताए । उनले आफ्नो कर्तव्यलाई आत्मसाथ गरेर अगाडि बढ्ने सोच बनाएको र नगरबासीलाई पनि गल्याङको समृद्विका लागि जिम्मेवार भएर अघि बढ्न आग्रह गरे ।

स्याङ्जाको गल्याङ नपाले आयोजना गरेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

नगर प्रमुख भट्टराईले भने, ‘उच्च नैतिकता र उच्च अनुशासन भएर अघि बढ्न सकिएन भने सामाजिक सञ्जालबाट मात्रै उपलब्धि हासिल गर्न नसकिने भएकाले सञ्चारको सदुपयोग गरेर आफ्नो सामथ्र्य र दक्षतालाई उपयोग गर्नुपर्छ ।’ उनले गल्याङ क्षेत्रको विकासमा आफ्नो क्षमताले भ्यासम्म लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने कुरालाई आत्मसाथ गरेर गल्याङ नगरले स्थानीय तहदेखि प्रदेश तथा संघस्तरमै खेलाडी उत्पादन गर्ने गरी ठूलो लगानी गरेर अघि बढेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस गल्याङ नगर कार्य समितिका सभापति श्यामप्रसाद बस्याल, नेकपा एमाले गल्याङ नगर कमिटी सचिव राजेन्द्रदेव खनाल, गल्याङ ३ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई लगायतले बोलेका थिए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर २४ गतेसम्म सञ्चालन हुने छ । नगरपालिकाले सबै सामुदायिक र संस्थागत विद्यालयलाई सहभागिताको लागि अनुरोध गरेको थियो । प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको र केही खेल सम्पन्न भएको छन् ।

प्रतियोगिताअन्तर्गत छात्र र छात्रा भलिबल, १००, २००, ४००, ८००, १५०० मिटर तथा रिले दौड प्रतियोगिता, उफ्रने फ्याक्ने, मार्सल आर्टस् तथा मार्च पाससहितका खेलहरू सञ्चालन भएका छन् ।

गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदारराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा सदस्य चन्द्रबहादुर राना मगर र शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक हिमलाल भण्डारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width