गाउँमा सवा करोड लागतमा ३४५ धारा

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०८०
Bhujung Khanepani Udgha

पोखरा । क्व्होलासोथार गाउँपालिका ४, भुजुङमा घरघरै खानेपानीका धारा निर्माण गरिएका छन् ।

गाउँमा ३ सय ४५ वटा धारा निर्माण गरिएसंगै मंगलबार खानेपानी आयोजनाको उद्घाटन गरियो । गाउँका ३ सय १६ घरधुरी साथै ४ वटा सामुदायिक भवन, २ वटा विद्यालय, गुम्बा, वडा कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय र सार्वजनिक ठाउँमा एउटा धारा निर्माण गरिएका छन् । यसबाट १ हजार ९ सय ९५ जना गाउँले प्रत्यक्ष लाभान्वित भएका छन् ।

कादुरी एग्रिकल्चरल एड एसोसियसन ब्रिटिस गोर्खाज नेपाल पोखराको आर्थिक सहयोग र गाउँलेको श्रमदानबाट गाउँका घरघरमै धारा निर्माण गरिएको हो । कुल १ करोड २६ लाखमा निर्माण गरिएको भुजुङ थोख्ले खानेपानी योजनामा कादुरी एग्रीकल्चरल एड् एसोसिएसन पोखराको १ करोड ५ लाख ३ हजार लगानी भएको छ । गाउँले उपभोक्ताले २१ लाख २० हजार ५ सय रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

खानेपानी योजनाको उद्घाटन गर्दै कादुरी एग्रिकल्चरल एड् एसोसिएसन ब्रिटिस गोर्खाज नेपालका निर्देशक रिटायर्ड कर्नेल एन्ड्रु मिल्सले गाउँका घरघरै निर्माण भएको धारामा स्वच्छ खानेपानी बगेको देख्दा खुसी लागेको बताए । कादुरीले यस क्षेत्रमा निर्माण गरेको सबैभन्दा ठूलो योजना नै भुजुङको थोख्ले खानेपानी योजना रहेको र यसलाई गाउँलेले भरपुर सदपयोग गर्नेमा आफू आशाबादी रहेको उनले बताए । गाउँको कला र संस्कृति साथै गाउँलेको स्वागतले आफू निकै प्रफुल्लित भएको उनले बताए ।

क्व्होलासोथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले पछिल्लो समय विकास गाउँगाउँमा आएको भन्दै विकासमा सवैको एकमत र सबै एकजुट हुन आवश्यक रहेको बताइन् ।

कादुरीको सहयोगप्रति कृतज्ञ व्यक्त गर्दै उनले खानेपानीबाट भुजुङका वासिन्दामात्रै नभइ अस्थायी रुपमा भुजुङ बस्ने कर्मचारी र भुजुङ आउने पर्यटकलाई समेत फाइदा पुग्ने बताइन् । कादुरीका प्रबन्धक मनबहादुर थापाले भुजुङमा निर्माण भएको खानेपानी आयोजनाबारे विस्तुत जानकारी दिए ।

कार्यक्रममा कादुरीका प्राविधिक निर्देशक डा. नारायण गुरुङ, खानेपानी विभाग प्रमुख इन्जिनियर विपीनदीप दर्लामी, सिनियर प्रोजेक्ट म्यानेजर इ. मिश्रकुमार चौधरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख राजेशप्रसाद गुप्ता, वडाध्यक्ष नारायण गुरुङ, गोरखा वेलफेर ट्रष्ट पोखराका प्रोजेक्ट सर्भेयर डिजाइनर रामचन्द्र गुरुङ, गजेन्द्र गुरुङलगायतको उपस्थिति थियो ।

भुजुङ थोख्ले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर गुरुङको अध्यक्षतामा भएको खानेपानी योजना उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य योजनाका निवेदक क्या. मिलबहादुर गुरुङले राखेका थिए । कार्यक्रम सञ्चालन समितिका सचिव बोदबहादुर गुरुङले गरे ।

गाउँमा यसअघि पनि खानेपानीको धाराहरु रहेकोमा पुरानो भएपछि पुग्दो मात्रामा पानी नआउने समस्याले नयाँ आयोजना निर्माण गरिएको हो । कादुरीको सहयोगमा थोंख्ले मुलबाट पाइपमार्फत ल्याइएको खानेपानीलाई घरघरै धारा निर्माण गरेर उपभोक्तामाझ पु¥याएको उपभोक्ता समितिले जनाएको छ । वडाध्यक्ष नारायाण गुरुङले पुरानो धारामा खानेपानी नबग्दा नागरिकलाई पानीको दुख भएको र हाल घरघरमै पानी आउँदा गाउँले दैनिकीलाई सहज बनाएको बताए । यसअघि एक्याप सहयोगमा गाउँमा खानेपानी धाराको निर्माण गरिएको थियो । नयाँ खानेपानी योजनाले विद्यार्थी, गृहिणी साथै गाउँमा आउने पाहुनालाई सहज भएको स्थानीयले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width