वागलुङका २ विद्यालयमा आइसिटी कम्प्युटर ल्याब

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०८०
Karma flights

पोखरा । कर्मफ्लाइट्सद्वारा एडुटेक नेपालको सहकार्यमा वागलुङका २ विद्यालयमा आइसिटी कम्प्युटर ल्याब स्थापना गरी हस्तान्तरण गरिएको छ । ढोरपाटन–९, सुकुरदुङस्थित सरस्वती माध्यमिक विद्यालय र निसीखोला गापाको लेवाङस्थित झुपरीकोट आविमा आइसिसटी कम्प्युटर ल्याब स्थापना गरी हस्तान्तरण गरिएको हो ।

निसीखोला गापा १ लेबाङस्थित झुपरीकोट आविमा गापाका शिक्षा शाखा प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि मन्जु सुवेदीले आइसिटी ल्याब समुद्घाटन गर्दै गाउँपालिकाको गुणस्तरीय शिक्षा प्राप्तिमा यस प्रकारको प्रयोगशाला हुनुले अत्यन्तै ठुलो अर्थ राख्ने बताए । उनले आइसिटी ल्याब भएका विद्यालयका शिक्षकहरूलाई कर्मफ्लाइट्स र एडुटेक नेपालको सहकार्यमा कम्प्युटर तलिम प्रदान गरिने बताए ।

कर्मफ्लाइट्सका कार्यक्रम निर्देशक प्रेम कुँवरले आइसिटी ल्याब परियोजना थिन क्लाइन्ट् सिस्टम कार्यान्वयनमार्फत् विद्यार्थीहरूको लागि आधुनिक सिकाइ वातावरण सिर्जना गर्ने र बालबालिकालाई २१ औं शताब्दीका विश्व नागरिक बनाउन सहयोग पुर्‍याउने उद्देश्य रहेको बताए । कर्मफ्लाइट्सले एडुटेक नेपालको प्राविधिक तथा आर्थिक साझेदारीमा १८ वटा आधुनिक कम्प्युटर ल्याब स्थापना गरिसकेको छ ।

कर्यक्रममा बिशिष्ट अतिथिको रुपमा आमन्त्रित एडुटेक नेपालका पश्चिम नेपाल परियोजन प्रमुख आकाशकुमार दासले २ शक्तिशाली सर्भर र २० मोनिटरहरूको प्रयोग गरी सर्भर कम्प्युटरबाट प्रयोगकर्ता कम्प्युटरहरू नियन्त्रण र निगरानी गर्ने गरी राखिएको बताए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width