सम्बोधिकाको दोस्रो संस्करण माया पब्लिकेशनबाट

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०८०
maya

पोखरा । साहित्यकार ईश्वरमणि अधिकारीको चौथो साहित्यिक कृति सम्बोधिकाको दोश्रो संस्करण माया पब्लिकेशन काठमाडौँबाट आउने भएको छ | ईश्वरमणि अधिकारी, नेपाली साहित्यमा स्थापित नाम हो | लमजुंग जिल्लाको भारतेमा जन्मिएका अधिकारीले त्रिभूवन विश्वविद्यालयबाट गणितमा विद्यावारिधि गरेका छन् |

पेशाले गणितको अध्ययन-अनुसन्धान तथा प्राध्यापन कर्ममा क्रियाशील उनी नेपाली साहित्यमा कविता, गीत, गजल, मुक्तक, हाइकु, आख्यानका अतिरिक्त समालोचनाका क्षेत्रमा पनि त्यत्तिकै क्रियाशील भेटिन्छन् |

उनका रचनामा भावनाको गम्भीरता, हृदयको भाषा र समयको तस्बिर पाइन्छ | झिनो तथा सामान्य लाग्ने विषयमा पनि मर्मस्पर्शी साहित्य रचना गर्नु उनको कलमको अर्को विशेषता हो | मुलुककै अग्रणी संस्था पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष बनेर कुशल कार्यसम्पादन गरिसकेका डा अधिकारीका समयको तस्बिर कविता संचयन तथा हृदयको आलाप गजल संचयन प्रकाशित भैसकेका छन् |

नेपाली लेखक सङ्घ, लघुकथा प्रतिष्ठान तथा अन्य थुप्रै वाङ्गमयिक संस्थाहरूमा आबद्द डा अधिकारी एकताका विभिन्न एफ.एम. हरूमा साहित्यिक कार्यक्रम संचालन गरेर साहित्य अनुरागीका घर घरमा गुन्जिन्थे | समता काव्य सम्मान, शिवपुरी साहित्य सम्मान, गजल प्रतिभा सम्मान, पत्थर गजल प्रतिभा सम्मान, झलक-पुष्पा साहित्य सम्मान, नेपाल विद्याभुषण क तथा थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पुरस्कारद्वारा सम्मानित डा अधिकारीका गणितका केही पाठ्यपुस्तक तथा अनुसन्धान पत्रहरू पनि प्रकाशित छन् |

साहित्यका अन्य विधाका केही कृतिहरू प्रकाशनको क्रममा छन् | साहित्यको चोटिलो र प्रभावकारी विधा मानिने मुक्तकमा पनि डा अधिकारी उत्तिकै सशक्त छन् | विषयवस्तुको विविधता, भाव गाम्भीर्य, अनुभूतिको तीव्रता तथा काव्यिक सघनता उनका मुक्तकका विशेषता हुन् | वर्तमान समयको बिम्बलाई टपक्क टिपेर काव्यिक तथा सौन्दर्य चेतले भरिएका एक सय एघार मुक्तकहरूको सुन्दर संग्रहभित्र प्रेमिल मुक्तकका अतिरिक्त दार्शनिक, सामाजिक र राजनैतिक चेतले भरिएका मुक्तकहरू रहेका छन् ।

सम्बोधिकाको सार तत्व यथावत राखी केही प्राविधिक परिमार्जनसहित छिट्टै अर्को संस्करण माया पब्लिकेशनबाट आउन लागेको हो | कृतिको पहिलो संस्करणको प्रकाशक भने पोखरेली युवा सांस्कृतिक परिवार रहेको छ |

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width