बराहडाँडा प्राविको भवन निर्माण

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०८०
rhdr

rhdr

दुलेगौंडा । रिच फर नेपालले शुक्लागण्डकी १२, बराहडाँडास्थित बराहडाँडा प्राविको भवन निर्माण गरेको छ ।

भवन निर्माणसँगै, शौचालय, पिउनेपानीका लागि फिल्टर गर्ने मेसिन र स्थानीयलाई बोर जातको बाख्रा समेत प्रदान गरेको छ । भूकम्प र हावाहुरीले भत्काएको विद्यालय परिसरमा ४ वटा कोठा थपिसँगै अध्ययन अध्यापनमा सहज भएको छ । करिब ५० लाख लागतमा चारकोठे भवन, १ लाख १० हजार लागतमा शौचालय निर्माण गरिएको रिच फर नेपालका निर्देशक लक्षु थापाले जानकारी दिए । रिच फर नेपालका लागि अस्ट्रेलियाबाट आएका डेढ दर्जन अस्ट्रेलियन आफैंले भवन र शौचालय बनाएका हुन् । उनका अनुसार विपन्न परिवारको आम्दानीमा टेवा पुर्‍याउने उद्देश्यले बराहडाँडाका ४ परिवारलाई ८ वटा बाख्रा प्रदान गरिएको छ ।

बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा रिच फर नेपालका प्रतिनिधिलाई ढाकाको टोपी र माला लगाएर बिदाइ गरियो । बराहडाँडा टोल विकासले आयोजना गरेको कार्यक्रममा रिच फर नेपालका निर्देशक लु नलीले विद्यालय र स्थानीयलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्दै जाने उल्लेख गरे ।

पूर्व विद्यार्थी समेत रहेका पोखरा रोयल सहकारीका कार्यकारी निर्देशक भीम गुरुङले भूकम्प र हावाहुरीले भत्काएको भवन बनाउन विभिन्न संस्थामा पुगेको स्मरण गरे । कक्षा ५ सम्म हाल सो विद्यालयमा २१ विद्यार्थी पढ्छन् । बराहडाँडा टोल विकास संस्था अध्यक्ष जमानसिं गुरुङले आगामी दिनमा पनि सहकार्यमा आफूहरु तयार रहेको बताए ।

स्थानीय समेत रहेका पर्यटन व्यवसायी हर्क गुरुङको पहलमा रिच फर नेपालले विद्यालयलाई सहयोग गरेको हो । गुरुङका अनुसार रिच फर नेपालले वडा १२ को घरेडीमा रहेका नवज्योती प्राविमा र रातमाटामा रहेको अमरज्योति प्राविमा २÷२ कोठे भवन निर्माण गरिसकेको छ । सन् २०१५ देखि नेपालमा काम गर्न थालेको रिच फर नेपालले तनहुँसँगै गोरखा, स्याङ्जा र कास्कीमा विद्यालयका पूर्वाधार निर्माणमा सहयोगी हुँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width