६० कर्मचारीलाई सेवाकालीन तालिम

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०८०
gpta

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान आयोजनामा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीको सातौं ब्याचको सेवाकालीन तालिम सोमबार सुरु भएको छ ।

२ समूहमा आयोजित तालिममा सहायकस्तर चौंथो तहका ३० र पाँचौं तहका ३० गरी ६० जना कर्मचारीको सहभागिता छ ।

३० कार्य दिनसम्म चल्ने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापन, आर्थिक प्रशासन तथा वित्त व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह र सुशासन, कार्यसम्पादन व्यवस्थापन तथा कार्यक्षमता, व्यक्तित्व विकास, सूचना तथा सञ्चार प्रविधि, विकास व्यवस्थापन, स्थानीय तह सञ्चालन र व्यवस्थापन जस्ता विषयमा विस्तृत रुपमा प्रशिक्षण हुनेछ ।

प्रदेश सरकारका नि. प्रमुख सचिव विनोदबहादुर कुँवरले तालिम उद्घाटन गर्दै सरकारको मुहार कर्मचारीको काममा देखिने भन्दै कर्मचारीलाई उच्चस्तरको कार्यसम्पादन गर्न सुझाव दिए ।
प्रशासनिक संघीयताले विस्तारै आफ्नो स्वरुप ग्रहण गरिरहेको धारणा व्यक्त गर्दै उनले उच्च मनोबल साथ कर्मचारीले काम गर्नुपर्ने धारणा ब्यक्त गरे । प्रदेश र स्थानीय तहमा निर्वाचित पदाधिकारी र कार्यरत कर्मचारीको क्षमता विकासका क्षेत्रमा प्रतिष्ठानले पुर्‍याएको योगदानको प्रशंसा गर्दै कुँवरले तालिमले कार्यक्षमता अभिवृद्धि र व्यक्तित्व विकासमा योगदान गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रतिष्ठानले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास, स्थानीय तहको शासकीय क्षमता अभिवृद्धि, अध्ययन तथा अनुसन्धान, समसामयिक विषयमा संवाद र नीतिगत पृष्ठपोषण एवं ज्ञान व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको जनाए ।

करिब ४ वर्षमा प्रतिष्ठानले १६ हजारभन्दा बढी जनप्रतिनिधि र कर्मचारीमा आफ्नो सेवा पुर्‍याएको उनले बताए । उनले गण्डकी प्रदेशको सन्दर्भमा अन्तरसरकारी सम्बन्धसम्बन्धी अध्ययन, प्रदेशका स्थानीय तहमा स्थानीय आर्थिक विकासको अवस्था र सम्भावनाबारे अध्ययन गरी सोका प्रतिवेदन प्रकाशन गरिसकेको छ । साथै आधारभूत कार्यसञ्चालन कार्यविधि निर्माण गरी क्षमता विकासलाई फरक धारबाट अगाडि बढाउने कार्यको थालनी गरेको प्रतिष्ठानले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width