पोखरामा विश्वशान्ति पूजाको तयारी  

आदर्श समाज सम्वाददाता
मंसिर १, २०८०
baidam tamang

पोखरा । पोखरामा गुम्बा राप्ने (प्राण प्रतिष्ठा) पाठ वाचन प्रज्ञा पारामिता (कंग्युर) पाठ वाचन विश्व शान्ति पूजाको तयारी पूरा भएको छ ।

बैदाम तामाङ सेवा समाज पोखराको लेकसाइड खहरे स्ट्रिट नम्बर २० मा अवस्थित पेमा धेछेनलिङ गुम्बाको राप्ने (प्राण प्रतिष्ठा) पाठ वाचन प्रज्ञा पारार्मिनेता (कंग्युर) पाठ वाचन विश्व शान्ति पूजाको तयारी भएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताए ।

मङ्सिर २ गतेबाट सुरु हुने विश्व शान्ति पूजाको उद्दघाटन गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे गर्नेछन् ।  पूजाको पूर्व सन्ध्या मङ्सिर १ गते लामा गुरुहरुको र्‍याली गरिने छ । कार्यक्रममा तामाङ जातिहरुको संस्कृति,परम्परा अनुसार ताम्बाले डम्फु, टुङ्ना बजाउदै गीतले स्वागत गरी बृहत पवित्र पूजाको सुरुवात गरिनेछ ।

उक्ता पूजामा १०८ जना धर्म गुरु लामाहरुको उपस्थित रहनेछ, भने ङिमा साङपो आठौं ज्याल्सा रिन्पोछे को उपस्थिति रहने छ । देश तथा विदेशका १०८ जना लामा गुरुहरुबाट लगातार ८ औं दिनसम्म  पाठ पूजा चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा तायाःमचा प्रतियोगिताको तयारी

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    पोखरा । नेवाः खल कास्कीको आह्वानमा तायाःमचा नृत्य प्रतियोगिताको तयारी सुरु गरिएको छ । शनिबरा नयाँबजारमा सचिवालय उद्घाटन गरी प्रतियोगिताको…
  • केदारेश्वर सेवाश्रममा फेरि चिद्घन चैतन्य

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । केदारेश्वर महादेव मणि सेवाश्रम समितिको १९ औं साधारणसभा तथा १० औं अधिवेशनले पीठाधीश चिद्घन चैतन्य महाराजको अध्यक्षतामा १५…
  • मनाइयो पहिलो दिनको बकर इद

    आदर्श समाज सम्वाददाता असार ३, २०८१
    पोखरा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ…
  • पोखरामा मनाइयो भुम्या पर्व

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताएकी छन् । अठार मगरात क्षेत्रका मगर…
  • गैह्रापाटन नेवा समाजलाई लाखे नाचका सामग्री

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । पोखरा महानगर पालिका वडा नम्बर ९ ले गैह्रापाटन नेवाः समाजलाई लाखे नाचको लागि आवश्यक सामग्री प्रदान गरेको छ…

hero news full width