लामाचौर तीज महोत्सवमा स्रष्टा सम्मान

आदर्श समाज सम्वाददाता
असाेज १, २०८०
lamachaur festival 1

पोखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औं लामाचौर तीज महोत्सव सोमबार सकिएको छ ।

महोत्सव समापन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले यसखालका मेला महोत्सवले संस्कृति संरक्षणका साथै आर्थिक गतिविधि बढाउन मद्दत मिल्ने बताए । उनले विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न व्यक्तिलाई सम्मान गरे ।

सो अवसरमा खेलकुदतर्फ दिलसरा राना र बास्केटबल तथा ह्याण्डबल प्लेयर जुमप्रसाद गुरुङ, शिक्षातर्फ पश्चिमाञ्चल इन्जिनियरिङ कलेज तथा साहित्य विधामा रवीन्द्र माकाजू सम्मानित भए ।

संस्थाका सहसचिव हरिबहादुर थापाले अन्तरमहिला समूहगत खुला तीज गीतमा लामाचौरको जाल्पादेवी महिला सामुदायिक विकास प्रथम भएको जनाए ।

दोस्रो हेमजाको देवीस्थान भजन समूह, तेस्रो महिला सामुदायिक स्वास्थ्य समाज पोखरा १९ र सान्त्वना गैराबारी कोपिला महिला समूह पोखरा १९ भए । प्रथमलाई ५०, दोस्रोलाई ३०, तेस्रोलाई २० र सान्त्वनालाई १० हजार र सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार दिइयो । जसको निर्णायक संयोजक कलाकार दीपक खड्का थिए ।

अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा लामाचौरको सरस्वती आदर्श विद्याश्रम प्रथम भएको छ । भाष्कर ममोरियल दोस्रो र वेसलाइन एकेडेमी तेस्रो भए । सान्त्वना प्रगति इङलिस बोर्डिङ स्कुल, कुमुदिनी होम्स् र बालकल्याण मावि सान्त्वना भए । सिर्जना मावि उत्कृष्ट भेषभूषामा पुरस्कृत हुँदै ५ हजार पुरस्कार जितेको छ । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार प्राप्त गरेका छन् ।

आयोजकले दैनिकरुपमा राष्ट्रिय कलाकारलाई महोत्सव उतारेको थियो । आइतबार समीक्षा अधिकारीको प्रस्तुतिमा दर्शक झुमेकोमा समापनमा लोकदोहोरी कलाकार चिज गुरुङ, श्रीकृष्ण बम मल्ल, बविता बानियाँ जेरी, लक्ष्मी मल्ल, दीपक खड्का लगायत कलाकारले प्रस्तुति दिएको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए । महोत्सवमा विभिन्न व्यापारिक स्टलहरुमा पनि ग्राहकको भिड लागेको थियो ।
संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले महोत्सव सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।

आयोजकले महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गर्ने संस्थाका पूर्व अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीले बताए ।

Related News

सम्बन्धित समाचार

  • बाटुलेचौरमा ऐतिहासिक तीज मेला सम्पन्र

    आदर्श समाज सम्वाददाता असाेज १, २०८०
    पोखरा । तीज अवसरमा पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला भएको छ । मेलामा आमन्त्रित १६ महिला समूहले तीज गीत तथा…
  • भण्डाढिकमा तेज मेला सुरु

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८०
    लेखनाथ । भण्डारढिकको को प्रस्तावित रंशालामा बुधबारदेखि तीज मेला सुरु भएको छ । असोज १ सम्म चल्ने मेला भण्डारढिक टोल…
  • स्वामी रमणानन्द अभिनन्दित

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८०
    पोखरा । महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुल देवघाटका पीठाधीश स्वामी रमणानन्द गिरीजी महाराजलाई पोखरामा अभिनन्दन गरिएको छ ।…
  • राधाकृष्ण मन्दिरमा सप्ताह तयारी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८०
    पोखरा । भक्तिगोविन्द भागवत् श्री अध्ययन प्रतिष्ठान आयोजनामा पोखरा ३२, लामेआहालस्थित राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ…
  • ‘पोखरालाई चेतनाको पर्यटनस्थल बनाउन सकिन्छ’

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८०
    पोखरा । जीवन विज्ञान संस्थाका संस्थापक एलपी भानु शर्माले दुईदिने पोखरा भ्रमण गर्दै विभिन्न ठाउँमा प्रवचन दिएका छन् । भ्रमणका…

hero news full width