र्‍ यान्डममा उपन्यास ‘अन्तर’ चर्चा

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०८०
antar

….
पोखरा । र्‍ यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृंखलामा शनिबार रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरिएको छ ।

उपन्यासको चर्चा गर्दै गणेश कार्कीले राम्रो उपन्यास पढ्न चाहनेका लागि ‘अन्तर’ महŒवपूर्ण कृति भएको दाबी गरे । सामाजिक विभेद तथा यौनिक अल्पसंख्यकबारे जान्न चाहनेले यो कृति पढ्नैपर्ने उनको जिकिर थियो । ‘सायनले अन्तरमार्फत यस्तो संवेदनशील विषयलाई छोएका छन्, जसमा केही गलत लेखिँदा विभेदको र अपमानको पीडामा परेका वा पर्छु भनेर डराएकाहरूलाई थप पीडा दिन सक्छ’ उनले भने, ‘तर पूरै उपन्यास पढिसक्दा सायनले पीडा दिएका छैनन्, बरु उनीहरूको सम्मानित जीवन र उनीहरूको अस्तित्वको स्वीकार्यताको लागि आवाज बुलन्द बनाएका छन् ।’

मुद्दा र कला दुवैका दृष्टिकोणले ‘अन्तर’को सम्पूर्ण अन्तरकुन्तर सुन्दर रहेको कार्कीको भनाइ थियो । उपन्यासले समलिंगीले भोग्नुपर्ने अप्ठेरा र गर्नुपर्ने संघर्षको कथा भनेको बताउँदै उनले उपन्यास सकेपछि समलैंगिकतालाई समस्या ठान्ने समाजको मनस्थिति नै समस्या हो भन्ने निष्कर्षमा आफू पुगेको बताए ।

उपन्यासकार सायनले छोराछोरी बीचमा देखेको विभेदबाट प्रभावित भएर फरक विषयमा कृति लेख्ने प्रेरणा पाएको सुनाए ।

उपन्यासकार सायनले आफ्नै घरमा छोरा र छोरीका बीचमा देखेको विभेदबाट प्रभावित भएर फरक विषयमा कृति लेख्ने प्रेरणा पाएको सुनाए । कतिपय बौद्धिक वर्गका मानिसले नै समङ्गिी हुनुलाई प्राकृतिक कुरा नभई मानसिक समस्याका रूपमा लिने गरेको अनुभव सुनाउँदै उनले यस्तो सोच जटिल समस्या भएको बताए । पाठकहरूले राखेका जिज्ञासाको जबाफ दिँदै उनले सरल शैलीमा फरक लैंगिक विशेषता भएको वर्गको कथा लेखेको बताए ।
आफ्नो अधिकारका लागि लड्नेहरूले सुन्दर समाज निर्माणका लागि अरूको अधिकारका बारेमा पनि सोच्नुपर्ने सायनको भनाइ थियो । यसअघि भागेर भूगोलभरि (कविता संग्रह) र छुटेका अनुहार (निबन्ध संग्रह) प्रकाशन गरिसकेका सायनको तेस्रो कृति ‘अन्तर’ बुक हिल प्रकाशनले केही समयअघि बजारमा ल्याएको थियो ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक गनेस पौडेलले र्‍ यान्डमको मञ्चले लेखकलाई अझै खारिने अवसर प्रदान गर्दै आएको अनुभव सुनाए ।

लैंगिक अल्पसंख्यक अगुवा रजनी थकालीले आम प्रचलनमा आएका रचना र चलचित्रहरूमा लैंगिक अल्पसंख्यकलाई हाँसोको पात्र बनाइने गरेकोमा दुख व्यक्त गरिन् । तेस्रो लिंगीको अवस्थामा क्रमशः परिवर्तन भएको अवस्था ‘अन्तर’मा देखाइएकोमा उनले धन्यवाद दिइन् ।

कार्यक्रममा रीता अधिकारी ‘ऋतु’, डा. भूमिराज बस्ताकोटी, गीता लामिछाने, प्रेम बाबा, तानिया क्षेत्रीलगायतले लेखकलाई प्रश्न राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमृतको ‘यादको कोलाज’ गृहलोकार्पण

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८०
    पोखरा । लेखक अमृत क्षत्रीको दोस्रो कृति ‘यादको कोलाज’ पोखरामा गृहलोकार्पण भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका…
  • कास्कीका रोहित र पर्वतका विजयको फोटो उत्कृष्ट

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८०
    पोखरा । कास्कीका रोहित गिरी र पर्वतका विजय शर्माको फोटोले उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । फोटोग्राफर संघ गण्डकीकोे पाँचौ…
  • ‘देवीरमण शालीन, भद्र शिक्षासेवी’

    आदर्श समाज सम्वाददाता भाद्र २१, २०८०
    पोखरा । देवीरमण शर्मा ‘शास्त्री’ लाई शालीन, भद्र शिक्षासेवीरुपमा स्मरण गरिएको छ । बिहीबार उनको १०८ औं जन्मजयन्ती अवसरमा आयोजित…
  • मोती जयन्तीमा गजल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता भाद्र १६, २०८०
    पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले १५८ औं मोती जयन्ती पूर्व सन्ध्यामा मोतीराम भट्टको व्यक्तित्व र कृतित्वबारे चर्चासहित गजल प्रशिक्षण…
  • सहिदचोकमा अक्षरयात्रा

    आदर्श समाज सम्वाददाता भाद्र १६, २०८०
    पोखरा । गजल सन्ध्या, पोखरा र नवनीत साहित्य सागरद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन गरिने ‘अक्षरयात्रा’ को २०२ औं संस्करण…

hero news full width