पोखरा । कुँडहर बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले विश्वबन्धु थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
समिति उपाध्यक्षमा शिवबहादुर बराल, सचिव सुरेन्द्रविनोद खनाल, सहसचिव दया बराल र कोषाध्यक्ष राजेन्द्र वाग्ले छन् । सदस्यमा आनन्दी राणा, गौतम थापा, ईश्वर श्रेष्ठ, नवीनजंग थापा, दुर्गादत्त भूर्तेल, पार्वती पोख्रेल छन् । लेखा समिति संयोजकमा शुक्रराज अधिकारी, सदस्यमा नारायणप्रसाद अधिकारी र देवकी रायमाझी चयन भए ।
यसअघि साधारण सभाले अध्यक्ष विश्वबन्धु थापा, कोषाध्यक्ष शुक्रराज अधिकारी, लेखा समिति संयोजक राजेन्द्र वाग्लेले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको थियो ।
साधारणसभा उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी शाखा अध्यक्ष रविरमण तिवारीले सहकारीले सहकार्य र सामूहिकतामा विश्वास गर्नुपर्ने उल्लेख गरे । सहकारीका बेग्लाबेग्लै उद्देश्य छन् तर बचतलाई मात्रै प्राथमिकता दिइएको उनको भनाइ छ ।
जिल्ला सहकारी संघ लेखा सुपरिवेक्षण समिति कास्की सदस्य विमला थापा बस्नेतले सहकारीको विकासका लागि सेयर सदस्यको भूमिका महत्वपूर्ण रहने बताइन् । त्यस अवसरमा ज्येष्ठ सेयर सदस्य बलराम गुरुङ, मैना ओझा र उत्कृष्ट बचतकर्ता सुरेन्द्रविनोद खनाललाई सम्मान गरिएको थियो ।
त्यस्तै, उत्कृष्ट कर्जातर्फ सेयर सदस्य चिनबहादुर थापालाई सम्मान गरिएको छ । जेहेनदार विद्यार्थी निपूर्ण अधिकारीलाई ७ हजार ५ सय छात्रवृत्ति प्रदान गरिएको छ । सहकारी अध्यक्ष विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिवबहादुर बरालले स्वागत, सहसचिव दया बरालले सहकारीका ७ सिद्वान्त वाचन र सचिव सुरेन्द्रविनोद खनालले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा फाइनान्स अध्यक्षमा राजकुमार
सञ्चयले ११ प्रतिशत मुनाफा बाँड्ने, अध्यक्षमा गणेशबहादुर थापा
व्यवस्थापनको कमजोरीले सहकारी बिग्रन्छ : मन्त्री जिसी
पोउवा संघद्वारा लेउवा संघको टिमलाई बधाई
टप लिडर्स सम्मानित
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०