पोखरा । परिवारकै सदस्यले लाखौं रुपैयाँ ठगी गरेको भन्दै पोखराको कास्कीकोटका बस्ताकोटी परिवार यतिखेर न्यायको पर्खाइमा छन् । विदेशबाट पटक पटक पठाएको रकम हिनामिना पारेको थाहा पाएका उनीहरुले आफन्तको समेत रकम ठगेको थाहा पाएपछि प्रहरीसमक्ष उजुरी दिन बाध्य भएको बताउँछन् ।
पोखरा २४, कास्कीकोट निवासी देवीप्रसाद बस्ताकोटी र धर्मादेवी बस्ताकोटीका ७ सन्तानमा ४ छोरी र ३ छोरा हुन् । तीमध्ये माहिली छोरी ४७ वर्षीया सीतादेवी बस्ताकोटीलाई आफ्नै परिवारका सदस्य तथा आफन्तको लाखौं रुपैयाँ ठगी गरेको अभियोग लागेको हो । सीतादेवीकै भाइ अर्जुन बस्ताकोटीले दिएको निवेदन आधारमा कास्की प्रहरीले उनलाई गत २४ वैशाखमा पक्राउ समेत गरेको थियो । उनी हाल तारेखमा रिहा छन् । यता, ठगी मुद्दामा अनुसन्धान जारी राखेको कास्की प्रहरीले चाँडै नै जिल्ला सरकारी वकिलको कार्यालयमा अभियोगपत्र दायर गर्ने तयारीमा रहेको छ ।
घरपरिवारले बिहेबारी गरी सीतादेवीलाई तनहुँको शुक्लागण्डकी ५, बेलाचौतारा दिएका थिए । त्यहाँ उनले १० वर्ष जति बिताइन् । १ छोरा र १ छोरीकी आमा सीतादेवीको पतिको मृत्यु भएको छ । उनी हाल ललितपुरको ग्वार्को बस्छिन् ।
उनीमाथि भाइ अर्जुनले स्वीट्जरल्यान्डबाट पठाएको ४५ लाख रुपैयाँ ठगी गरेको आरोप छ । सीतादेवीले अर्का भाइ सूर्यले स्वीट्जरल्यन्डबाटै प्राइम कमर्सियल बैंकको सीतादेवीको नाउँको खातामा पटक–पटक गरी पठाएको कुल ३६ लाख पनि फिर्ता गरेकी छैनन् । परिवारमा बेमेल बढ्दै गएपछि सीतादेवीले आफ्नै परिवारका सदस्य तथा आफन्तसँग पनि रकम ठगी गरेको अर्जुन बताउँछन् । यतिसम्मकी उनले ग्वार्कोमै ३ घर, बेलाचैतारा र अमरसिंहमा १/१ घर जोडेकी छन् । आफूहरुको रकम ठगी गरेर दिदीले यो बाहेक अन्यत्र पनि घरजग्गा जोडेको अर्जुनको दाबी छ । ‘सुरुमा दिदी भनेर चुपचाप बस्यौं । कहीँ कतै उजुरबाजुर गरेनौं । आफन्तको पनि रकम ठगी गरेको थाहा पाएपछि अरु नठगियुन् भनी न्यायको लागि अदालत गुहारेको हौं,’ अर्जुनले भने । उनका अनुसार सीतादेवीले भाइ सूर्यलाई समेत झुठो बलात्कारको मुद्दा लगाएकी थिइन् ।
सीतादेवीविरुद्ध नक्कली कपाली तमसुक बनाएको आरोपमा अर्को जाहेरीसमेत परेको छ । मानसिक रोगी रहेका ८६ वर्षीय बाबु देवीप्रसादलाई ७५ लाख रुपैयाँ दिएको भनी उनले किर्ते तमसुक बनाएकी छन् । किर्ते तमसुक बनाएको भन्दै भाइहरु अर्जुन र सूर्यले संयुक्त जाहेरी दिएका हुन् । आफूहरुले पठाएको रकम बाबुलाई दिएको भनी किर्ते तमसुक बनाएको उनीहरुको दाबी छ ।
पीडित अर्जुनले गत २३ फागुनमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा सीतादेवीविरुद्ध जाहेरी दिएका थिए । त्यसको २ दिनपछि सिआइबी व्यूरोले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सक्कलै जाहेरी दरखास्त र कागजात चलानी राखी पठाएको थियो । उनले विभिन्न व्यक्तिसँग ठगी गरी अकूत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण विकले ठगी मुद्दामा अनुसन्धान जारी रहेको बताउँछन् ।
Related News
सम्बन्धित समाचार
पूर्व सांसद ढाका कुटिएको भ्रम फैलाउने पक्राउ
लागु औषधसहित २ युवक पक्राउ
घरमा काम गर्ने युवतीले जब १६ तोला सुन चोरिन्…
सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०