पोखरा, १६ चैत । बौद्ध उपवास संस्था, पोखराको आयोजनामा पोखरामा आयोजित ३ दिने बौद्ध उपवास सिङढुव पूजा २०७९ शुक्रबार सम्पन्न भएको छ ।
पोखरा १० रंगशाला गेटस्थित अवलोकिटेश्वर महाविहार, न्युङ्ने गुम्बामा आयोजित कार्यक्रममा प्रमुख वाचक खेम्बु रिम्पोछे किरणध्वज तुलाचन रहेका थिए । विश्वशान्ति र मानव कल्याणका लागि यो कार्यक्रम आयोजना गरिएको रिम्पोछे तुलाचनले जानकारी दिए । यो पूजा बुद्ध स्वरुपमा आधारित आर्यलोकेश्वरको हो । देशमा फैलिएको अशान्ति, नराम्रो रोगको निवारण र प्राणीजगतले बुद्धत्व पाओस् भन्ने उद्देश्यले पूजा गरिएको उनले सुनाए ।
एक छाक शाकाहारी भोजन खाएर भक्तजनले भाग लिएको पूजामा विशेषगरी थकाली, गुरुङ र अन्य समुदायका भक्तजनको समेत सहभागिता रहेको आयोजक संस्थाकी सचिव आत्मा तुलाचनले जानकारी दिइन् । हरेक वर्ष आयोजना हुने पूजा बीचमा ३ वर्ष कोभिडका कारण रोकिए पनि अहिले पुनः निरन्तरता दिइएको उनले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
गोरखाको अकला मन्दिरको काम अपुरो, ठेकेदार बेपत्ता
अचम्मको संस्कृति : आगो पुज्न २२ गाउँका दरै एकै ठाउँ
नागेश्वर मन्दिरमा विष्णुप्रसाद
आध्यात्मिक ज्ञानले नैतिकवान् बनाउँछ : ब्रह्मकुमारी परिणिता
लेखनाथमा धिमे बाजा प्रशिक्षण
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०