पोखरा । शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । उनको पहिलो कृति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक कृतिको शनिबार आयोजित समारोहमा साहित्यकार सरुभक्तले लोकार्पण गरे ।
टप्स बोर्डिङ स्कुलका संस्थापक तथा प्रअ गुरुङ करिब ४ दशकदेखि शैक्षिक क्षेत्रमा क्रियाशील छन् । प्याब्सन, कास्की, नेल्टा कास्की र रोटरी क्लब अफ मिडटाउनका पूर्व अध्यक्ष उनी हाल गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका अध्यक्ष हुन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले उनलाई भाषा र साहित्य क्षेत्रका रत्नका रूपमा उदाएको धारणा राखे । लामो समयदेखि संगत गरे पनि गुरुङभित्रको सिर्जनात्मक क्षमता भने आफूलाई थाहा नभए स्मरण गर्दै गुरुङ भाषा विज्ञान जस्तो गहन विषयमा कृति प्रकाशन गर्नु आफ्ना लागि सुखद आश्चर्य भएको सुनाए ।
साहित्यकार हुनु र भाषाविद् हुनु फरक कुरा भएको उनको भनाइ थियो । हाम्रा मातृभाषाहरू लोपोन्मुख अवस्थामा पुगिरहेको अवस्थामा रत्नमानद्वारा लिखित यो पुस्तक आउनुले भाषा संरक्षणका लागि सत्प्रेरणा प्रदान गर्ने छ, सरुभक्तले भने, ‘भाषिक समुदाय वर्गीकृत भएर होइन, एकीकृत भएर अघि बढेमा मातृभाषाहरूको संरक्षण गर्न सकिन्छ । एउटाको कार्यक्रममा अर्को समुदायलाई बोलाऊँ र एउटा समुदायको मानिस अर्को समुदायको कार्यक्रमा जाने गरांै ।’ गुरुङ भाषाको संरक्षणका लागि रत्नमानको प्रयास स्तुत्य रहेको भन्दै उनले साहित्य र भाषाका अन्य पक्षमा पनि निरन्त लेखनमा लाग्न सुझाव दिए ।
कृतिको समीक्षा गर्दै पृथ्वीनारायण क्याम्पसका नेपाली विभाग प्रमुख प्राडा कुसुमाकर न्यौपानेले गुरुङ, नेपाली र अंगे्रजी भाषाका अध्येताका लागि गतिलो पुस्तकका रूपमा उक्त कृतिलाई चित्रण गरे । कृतिको पहिलो भागमा भाषा, व्याकरण र लिपिका बारेमा बृहत् चर्चा गरिएको र दोस्रो भागमा गुरुङ वाक्यविज्ञानसम्बन्धी जानकारी राखिएको उनले बताए । कृति गुरुङ समुदायले मात्र नभई सबै नेपाली भाषाप्रेमीहरूले गौरव गर्न लायक मानक बनेको डा. न्यौपानेको भनाइ थियो ।
लेखक गुरुङले आफ्नो अध्ययन गर्ने बानीको उपज यो पुस्तक भएको अनुभव सुनाए । विशेष गरी कोरोना कालमा गरिएको अध्ययनलाई समेटेर कृति लेखनमा लगेको बताउँदै उनले अहिले वाक्यविज्ञानका विषयमा पुस्तक लेखे पनि क्रमशः ध्वनिविज्ञान, वर्णविज्ञान, अर्थविज्ञान आदिमा पनि कलम चलाउँदै जाने बताए । संस्कृति जोगाउनका लागि भाषा जोगाउनुपर्ने आफ्नो मान्यता रहेको उनले बताए ।
गीतकार तथा तुम धिं युकेका सल्लाहकार एकेन्द्र गुरुङले गुरुङ समुदायका एक उदाहरणीय प्राज्ञिक व्यक्तित्वका रूपमा रत्नमान गुरुङलाई चिनाए ।
प्रकाशक भक्तिदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका पूर्व अध्यक्ष सुन्दर गुरुङ, शिक्षाविद् जर्ज जोन, साहित्यकार रुपिन्द्र प्रभावी, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तुम पे ल्हु संघ अध्यक्ष हितकाजी गुरुङ, अधिवक्ता जूनाकुमारी गुरुङ, बौद्ध अर्घौँ सदनका अध्यक्ष भुवनसिंह गुरुङ, तमु छोज धिं केन्द्रीय प्रतिनिधि विष्णु गुरुङ, गुरुङ साहित्यिक मञ्च अध्यक्ष गौरी तमु, साहित्यकार रामचन्द्र घिमिरे ‘शास्त्री’, रोधिं टेलिभिजन प्रबन्ध निर्देशक बालकाशी गुरुङ, विद्यालयका सहायक प्रअ चित्रकुमार गुरुङलगायतले शुभकामना दिएका थिए ।
Related News
सम्बन्धित समाचार
भानुभक्तको जन्मस्थलमा अनुसन्धानमूलक कार्यक्रम
आदिकवि आचार्यको जन्मस्थलमा अनुसन्धानमूलक साहित्यिक कार्यक्रम
दौंतरी कवितामा तीर्थ र सरु: भक्तराज श्रेष्ठ कसरी सरुभक्त भए ?
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
hero news full width
मुख्य समाचार
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९