अबुजा । अफ्रिकी देश नाइजेरियामा विनाशकारी बाढीका कारण ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
नाइजेरियाको मानवीय मामिला मन्त्रालयलाई उद्धृत गर्दै सीएनएनले बाढीबाट २० लाखभन्दा बढी मानिस प्रभावित भएको र दुई लाखभन्दा बढी घर ध्वस्त भएको बताएको छ। नाइजेरियामा एक दशकमा देखिएको यो सबैभन्दा खराब बाढी हो । नाइजेरियाका मानवीय मामिला मन्त्री सादिया उमर फारुकले आइतबार थप बाढी आउन सक्ने चेतावनी दिदै र क्षेत्रीय सरकारहरूलाई सोही अनुसार तयारी गर्न आग्रह गरेका थिए। यसैगरी यस महिनाको शुरुमा, नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले विनाशकारी फ्लूको चेतावनी दिएको थियो। हामी सम्बन्धित राज्य सरकारहरू, स्थानीय सरकार परिषद्हरू र समुदायहरूलाई सम्भावित बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई उच्च स्थानमा सार्ने, पाल र राहत सामग्री, शुद्ध पिउने पानी र साथै सम्भावित प्रकोपको लागि चिकित्सकीय सामग्रीको आपूर्तिहरूको तयारी राख्न आह्वान गरिरहेका छन् ।
Related News
सम्बन्धित समाचार
अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते
अफगानिस्तानमा चरम भोकमरी
४० लाखभन्दा बढी युक्रेनीले देश छाडे
मदिरा सेवन गरेका १७ जनाको मृत्यु
रुसद्वारा युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९