पोखरा । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राजनीति निरन्तरता, धैर्यता र कठिन यात्रा भएको बताएका छन् । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका उनले विगतमा कम्युनिष्टले ६० वर्ष पुगेपछि मान्छे मार्छ, घरजग्गा खोस्छ, पेन्सन पाइँदैन भन्ने आरोप लगाउनेहरुलाई मनमोहन अधिकारीको सरकारको पालादेखि सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै कम्युनिष्टको पहिचान दिलाएको बताए । धेरै संघर्ष गरेर, धेरै पटक निर्वाचनमा पराजय भोग्नु परे पनि असल विचार सिद्धान्त र निरन्तरताका साथ राजनीतिमा अगाडि बढेकोले आफू मुख्यमन्त्री, संघीय मन्त्रीसमेत हुने अवसर पाएको र विकासका अत्यन्तै महत्वपूर्ण कार्यहरु गरेको दाबी गरे ।
लमजुङको क्होलासोंथर गाउँपालिकामा हालै निर्वाचित पालिका अध्यक्ष, वडा ६ र ७ का वडा अध्यक्ष लगायत जनप्रतिनिधिको सम्मानमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले एक प्रसंगामा गण्डकीका हालका मुख्यमन्त्री इमानदार भए पनि ‘खासै भिजन नभएको’ टिप्पणी गर्दै आफ्नो कार्यकालमा सुरु गरेका राम्रा काम कटौती गरिएकोमा आपत्ति जनाए ।
पस गाउँ तमु समाजमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा क्होला सोंथर गाउँपालिकाकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ, वडा ६ अध्यक्ष मनलाल गुरुङ, वडा ७ अध्यक्ष लक्षुमन गुरुङले धन्यवाद व्यक्त गरे ।
पालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले आफू जनताको सेवक भई जनताको हितका निम्ति क्होलासोंथरको विकासका निम्ति सदा तत्पर रहेको बताए । वडा अध्यक्ष मनलाल गुरुङले पुन आफूलाई निर्वाचित गराएकोमा धन्यवाद दिंदै गत कार्यकालमा गरेका विकास निर्माणका कार्यलाई निरन्तरता दिने उल्लेख गरे । अर्का वडाध्यक्ष लक्षुमन गुरुङले निर्वाचनमा प्रस्तुत गरिएका प्रतिवद्धतापत्रलाई व्यवहारमा उतार्न आफूले प्रारम्भ गरिसकेको दाबी गरे । उनले सामाजिक सुरक्षाभत्ता घरघरै पु¥याउने कामको प्रारम्भ भैसकेको बताए । उनले वडा ७ लाई कफी र एबोकाडो जोन बनाउने घोषणा गरे ।
गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कुमारीमुनि गुरुङले अधुरा विकासका योजना सम्पन्न गराउन सुझाव दिइन् । कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, एमालेका नेता दीपक तामाङ, पसगाउँ तमु समाजका संरक्षक गणेशबहादुर गुरुङ, गोरे गुरुङ, मनबहादुर गुरुङ लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरे । स्थानीय तह निर्वाचनमा क्होलासोंथर गाउँपालिकाको ४७ सिटमध्ये ४७ सिट नै नेकपा एमालेका उम्मेदवारहरु विजय भएका थिए ।
Related News
सम्बन्धित समाचार
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा
गैंडाकोटमा कविशिरोमणिको स्मरण
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
पौष २८, २०८१