हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७९
hariyo kharkha hopital

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन् । इन्टरनेसनल नेपाल फेलोसिपद्वारा २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ ।


मुख्यमन्त्री पोखरेलले ७० वर्ष पहिला कुष्ठरोगको उपचारका लागि खुलेको अस्पतालले निरन्तर सेवा प्रदान गर्दै अहिले शारीरिक असक्तता, कानको समस्या, स्पाइनल कर्ड इन्जुरी जस्ता समस्या भएका बिरामीका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएकोमा धन्यवाद व्यक्त गरे । हरियोखर्क अस्पतालका बारेमा आफूले धेरै पहिलादेखि नै सुनेको भए पनि यसको इतिहास र हाल गर्दै आएका कामका बारेमा स्थलगतरुपमै जानकारी लिन आफू अनुगमनमा आएको उनले सुनाए ।

विभिन्न कारणले स्पाइनल कर्डको समस्या भएका बिरामीका क्षेत्रमा प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउन लागेको सुनाउँदै उनले यसका लागि अस्पतालबाट सुझावको अपेक्षा गरेको उनले सुनाए । प्रदेश सरकार विकास निर्माण मात्र नभएर स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा समेत देखिने गरी काम गर्दै आएको सुनाउँदै उनले आगामी वर्षको बजेटमा समेत यस्ता क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । उनले भने, ‘रगत लिँदा बिरामीका आफन्तले रकम तिर्नु पर्ने अवस्था थियो, हुन त प्राविधिक परीक्षण र अन्यमा खर्च भएको रकम हो त्यो, त्यै पनि अब प्रदेश सरकारले बेहोरिदिने भएको छ ।’ मिर्गाैलाको बिरामीको निशुल्क डायलासिस गर्नेबारेमा समेत प्रदेश सरकारले योजना बनाइरहेको मुख्यमन्त्री पोखरेलले सुनाए ।
उक्त अवसरमा भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकास मन्त्री कुमार खड्काले कुष्ठरोगको उपचारका लागि खुलेको अस्पतालले अहिले विविध क्षेत्रमा पु¥याएको सेवाको खुलेरै कदर गरे । अस्पतालको सेवा विस्तारका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो ।

आइएनएफका कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारीले पोखरा बाहेक सुर्खेत र नेपालगन्जमा समेत अस्पताल सञ्चालनमा रहेको भन्दै पोखरामा अन्यत्रभन्दा भिन्न र विशिष्टीकृत सेवा प्रदान गर्दै आएको जानकारी गराए । अस्पतालमा उपचार मात्र नभएर जीवन कसरी जिउने भनेर त्यसै अनुसारका तालिम समेत प्रदान गरिने उनले बताए ।

अस्पतालको स्थापनादेखि हालसम्मको अवस्थाका बारेमा अस्पतालका निर्दशक डा. अरुणकुमार बुढाले जानकारी गराए । राणा शासनको अन्त्य लगत्तै भारतबाट आएको विशेषज्ञको टोलीले नेपालीको समेत सहभागितामा २००९ सालमा पोखरामा सबैभन्दा पहिला साइनिङ अस्पताल खुलेको थियो । करिब ८५ लाख जनसंख्या र करिब २ प्रतिशत नागरिक कुष्ठरोगको प्रभावमा रहेका बेला पोखरामा साइनिङ अस्पताल खुलेको थियो । डा. बुढाले परिवर्तित अवस्थासँगै सेवा प्रवाहमा समेत विकास गरिएको उनले जानकारी गराए । अपांगता भएकाहरुको लागि कृत्रिम हातखुट्टा बनाउनेदेखि, श्रवणयन्त्रको काम समेत उक्त अस्पतालमा हुने गरेको छ ।

१६ वर्षको उमेरमा रुखबाट खसेर ढाड भाँचिएपछि जीवनको आशा मारेकी स्याङ्जा भीरकोटकी पूनम विकले उक्त अवसरमा आफ्नो कथा सुनाइन् । दुर्घटनालगत्तै भारतमा गएर उपचार गराए पनि पूर्णरुपमा निको नहुँदा दिसापिसाब भएको समेत थाहा नहुने अवस्थामा आफू पुगेको उनले सुनाइन् । उनले स्मरण गरिन्, ‘दसैंमा टीका लगाइदिंदा समेत आफन्तले यस्तो हुनुभन्दा बरु उतिबेलै मरेको भए मलाई र परिवारलाई सजिलो हुने थियो भन्थे, जीवनको आशा थिएन, यो अस्पतालमा आएर उपचार गराएपछि जीवन फेरिएको छ ।’ पूनम अहिले हरियोखर्क अस्पतालमै जागिरे छन् ।

अनुगमनमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव रविलाल पन्थ, स्वास्थ्य सचिव डा. श्रीराम तिवारीसहित सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width