पोखरा, ३० वैशाख । तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट गरिएको छ । शुक्रबार स्थानीय तह निर्वाचनमा मतदानस्थल निरीक्षणक्रममा व्यास ८ रिस्ती पुगेका जोशीमाथि कांग्रेस कार्यकर्ताले कुटपिट गरी टाउको फुटाइदिएका हुन् ।
उनको टाउको र निधारका विभिन्न भागमा गहिरो चोट लागेको छ । मतदान ढिलो भएपछि निरीक्षणक्रममा गएका जोशीमाथि स्थानीय कांग्रेस कार्यकर्ताले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
दीपकराज कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन् । उनी नेकपा एमालेको समर्थनमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी प्रवक्ता युवराज खड्काले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
आफू उम्मेदवार भए पनि सुरक्षा नपाएको जोशीले गुनासो गरे । आफूमाथि ज्यान लिने हिसाबले आक्रमण भएको उनको दाबी छ ।
मोहनराज बतासले एकपक्षीय रुपमा मतदान भएको सूचना पाएपछि निरीक्षणका क्रममा जाँदा एक्कासी कुटपिट भएको जोशीको भनाइ छ । मतदान कार्य केहीबेर स्थगित भइ पुनःसंचालन गरिएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए ।
यसैबीच, मेयर उम्मेदवार दीपकराज जोशीका तर्फबाट व्यास ८ रिस्ती मतदान केन्द्रको मतदान स्थगित गर्न माग गरिएको छ ।
सुपुत्रको तर्फबाट पिता गोविन्दराज जोशी तथा एमाले नेता राजेश्वर ढकालले निवेदन दिंदै मतदान केन्द्र एकलौटी रुपमा नियन्त्रण लिएर मतदान गराइएको भन्दै स्थगितको माग गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
विद्यालयलाई फर्निचर सहयोग
ढिलै भए पनि बजेट परिष्कृत आउँछः मन्त्री खड्का
घर भत्किएर पुरिंदा बालिकाको मृत्यु, दाइ घाइते
डाइभर्सन बगाउँदा सडक अबरुद्ध
समाचारमा मानवअधिकार ख्याल गर्न सुझाव
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९