निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७९
Nirvachan Achars

स्याङ्जा । आसन्न स्थानीय तहको निर्वाचनका मिति नजिकिंदै गर्दा स्याङ्जामा सरोकारवालाले आचारसंहिता पालनामा जोड दिँदै समन्वय समिति गठन गर्ने निर्णय गरेका छन् ।

जिल्ला सदरमुकाममा सोमबार आयोजित स्थानीय तह निर्वाचन २०७९ र निर्वाचन आचार संहिता २०७८ सम्बन्धी प्रशिक्षणका क्रममा निर्णयसहित प्रतिबद्धता जनाइएको हो ।

निर्वाचनका बेला उत्पन्न हुनसक्ने जुनसुकै परिस्थितिको समाधानका लागि प्रमुख निर्वाचन अधिकृत संयोजक रहने गरी प्रमुख जिल्ला अधिकारी, जिल्लाका क्रियाशील राजनीतिक दलहरु प्रमुख, निर्वाचन अधिकृत, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र जिल्ला निर्वाचन अधिकृत सदस्य सचिव रहने गरी समिति गठन भएको हो ।

पालिका स्तरमा पनि सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको संयोजकत्वमा, स्थानीय तहमा क्रियाशील राजनीतिक दलका प्रमुखहरु र स्थानीय तहमा रहेका सुरक्षा निकायका प्रमुखहरु सदस्य रहने समिति गठन गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले निष्पक्ष, भयरहित र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्नु हामी सबैको कर्तव्य र जिम्मेवारी हो भन्दै सबैले निर्वाचन आचार संहिता पालना गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले निर्वाचन आचार संहितासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जिल्लाका वस्तुगत अवस्थाबारे जानकारी गराए भने कार्यक्रमको सहजीकरण जिल्ला निर्वाचन अधिकृत गुरुप्रसाद मरासिनीले गरेका थिए ।

कार्यक्रममा ११ वटै पालिकाका निर्वाचन अधिकृत, जिल्लास्थित राजनीतिक पार्टीका प्रमुख एवं प्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी लगायत सहभागी थिए ।

कार्यक्रममा नेकपा एमालेका सहसचिव राजेन्द्र डुम्रे, नेपाली कांग्रेसका प्रवक्ता भरत लम्साल, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नारायण लम्साल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामचन्द्र भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष इन्द्रप्रसाद गुरुङ, जनमुक्ति पार्टीका अध्यक्ष बमबहादुर लामिछाने, मौलिक जरोकिलो पार्टीका केन्द्रीय सदस्य कमल काफ्ले, बिपी कांग्रेसका सचिव देवकला भट्टराई, मंगोल नेसनल अर्गनाइजेसनका अध्यक्ष नेमबहादुर गुरुङ, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देललगायतले निर्वाचन र आचार संहिताबारे सुझाव प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width