वालिङ । स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा जोड दिँदै वालिङ नगरपालिकाले ‘कोसेली घर’ निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुहरुको प्रचार प्रसार तथा बजारीकरणमा सहयोग गर्ने उद्देश्यले कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम बनाइएको उनले बताए ।
‘स्थानीय स्रोत र साधनलाई अधिकतम प्रयोग गरी निर्माण गरिएका तानका कपडा, स्वीटर, गरगहना, उपहार, अन्य हस्तकलाका सामग्रीहरु कोसेली घरमा राखेका छौं,’ उनले भने,‘ स्थानीयस्तरमा उत्पादन भएका सामग्रीहरुको प्रचार प्रसार हुनुकासाथै बजारीकरणकालागि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वासमा छौं ।’
वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने क्रममा खाद्य तथा तरकारी र मासुजन्य उत्पादनलाई ब्यवस्थित गर्नकालागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थालाई जिम्मा दिइएको छ ।
सामूहिक वा व्यक्तिगतरुपमा स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी सामग्री उत्पादनमा जोड दिन नगरपालिकाले सहयोग गर्दै आएको उनले बताए । ‘नगरभित्रका विभिन्न ठाउँमा सामूहिक वा व्यक्तिगतरुपमा स्थानीय स्रोत र साधनको उपयोग गरी हस्तकलाका सामग्रीहरु उत्पादन र ब्यवसायीकरणमा जोड दिएका छौं,’ उनले भने, ‘सामूहिक वा व्यक्तिगतरुपमा उत्पादन भएका सामग्रीहरुको प्रचार प्रसार र बजारीकरणमा ध्यान दिंदै नगरपालिकाले कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याएको हो ।’
विशेष गरी नगरपालिका सामग्री उत्पादन गर्ने उत्पादक र उपभोग गर्ने उपभोक्ताबीचमा समन्वयकारी भूमिकामा रहेको छ । पारदर्शी सिसाबाट निर्मित कोसेली घरमा उत्पादन गर्ने संस्था वा व्यक्तिको नाम, सम्पर्क नम्बर, वस्तुको मूल्य देखिने गरी राखिएको छ ।
उत्पादक र उपभोक्ताबीचमा समन्वयकारी भूमिका खेलेर नगरपालिकाले दुई पक्षलाई जोडिदिने काम गरेको स्वस्तिका बैदिक हस्तकला उद्योगकी सञ्चालक दुर्गा न्यौपाने बताउँछन् ।
‘आँफूजस्तै अन्य उत्पादकहरुले उत्पादन गरेको सामग्री कोसेली घरमा राखेर नगरपालिकाले प्रचार प्रसारसँगै बजारीकरणकालागि निक्कै राम्रो काम गरेको छ,’ व्यवसायी न्यौपानेले भने, ‘यस कार्यले आगामी दिनमा अझै नयाँ नयाँ सामग्रीहरु उत्पादन गर्नतर्फ ऊर्जा मिलेको छ ।’
नगरपालिकाभित्रका विभिन्न ठाउँबाट तथा अन्यत्रबाट नगरपालिकाको भ्रमणमा आउनेहरुले नगरपालिका परिसरमा निर्माण गरिएको कोसेली घरमा राखिएका सामग्रीहरुको अवलोकन गर्ने र मन परेका सामान किनेर लैजाने गरेका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
माघ ५, २०८१