सेती खोंचमाथि युनाइटेड क्लबको बृहत बहस

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७९
united club day 3 news photo

पोखरा । युनाइटेड क्लबको १२ औं वार्षिकोत्सवको अवसर पारी पोखरामा सेती खोंच एक पर्यटकीय गन्तव्य विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । स्थापना कालदेखी पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटकीय गन्तव्यका लागि खुल्ला चिडियाखाना निर्माणको अवधारणासहित सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आइरहेको युनाइटेड क्लबले वार्षिकोत्सवको पूर्व सन्ध्यामा साताब्यापी कार्यक्रम अन्तर्गत तेश्रो दिन सेती नदी खोंच एक पर्यटकीय विषयक वृहत अन्तरक्रियाको आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा वोल्दै वातावरण विद, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त योजनाका सदस्य जुद्धबहादुर गुुरुङले युनाइटेड क्लबसँग १० वर्षदेखि नजिक रहेको र क्लबले शुरुमा चिडियाखानाको अवधारणा ल्याउदा आफुलाई विश्वास नलागेको र पछि क्लबले दृढ संकल्प र इच्छा शक्तिबाट आफू प्रभावित बनेको बताए ।

चिडियाखाना निर्माणको क्रममा आफुले पनि सल्लाह सुझाव दिएको र अहिले सात वटै प्रदेशमा चिडियाखाना निर्माण गर्ने राज्यको नीति बनेको बताउँदै यसको श्रेय पनि युनाइटेड क्लबलाई नै जाने उनको भनाइ रहेको थियो । सेती नदीको गल्छीले पनि क्लबको पहलमा छिट्टै एक साहसिक पर्यटकीय गन्तब्य बन्नेमा विश्वस्त रहेको वताउदै आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्ने वताउदै राज्यले गर्नुपर्ने काम क्लब स्तरबाट शुरु भएकोले युनाइटेड क्लब परिवारलाई धन्यवाद ब्यक्त गरे ।

प्रमुख वक्ता भूगोलविद प्रा. डा. कृष्ण केसीले अन्नपूर्ण हिमालदेखि तनहँुको भिमाद सम्मको वृत्तचित्र प्रस्तुत गर्दै सेती गल्छीलाई साहसिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गरी उक्त ठाउलाई भूगोलको विद्यार्थीलाई अध्ययन केन्द्रको रुपमा बिकास गर्न सकिने वताए । कोही कसैले चासो नदेखाएको सेती गल्छीको बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकोमा क्लब परिवारलाई केसीले धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा आफुले समेत सेती नदीको गल्छीलाई पर्यटकीय गन्तब्य निर्माण गर्ने काममा साथ र सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबको पहलमा पोखरामा खुल्ला चिडियाखाना निर्माणको कार्य सुरु भइसकेको र हाल निर्माणकार्य जारी भइरहदा क्लबले लिएको अर्को उद्देश्य सेती नदी संरक्षण संगै सेती नदीलाई एक उत्कृष्ट पर्यटकीय गन्तब्य निर्माण गर्नका लागी सानो पहलकदमी थालनी स्वरुप अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको वताउदै आगामी दिनमा पोखराको बीच भागबाट बग्ने सेतीनदीलाई कुनैपनि हालतमा उत्कृष्ट पर्यटकीय गन्तब्य निर्माण गर्न आफुहरुले कुनैपनि कसुर बांकी नराखी सम्बन्धित निकाय संग समन्बय गरेर अगाडी वढ्ने वताए ।

क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले पोखरामा युनाइटेड क्लबको पहलमा जसरी चिडियाखानालाई एउटा प्रकृयाबाट प्रदेश सरकारलाई जिम्मा लगाइ डिभिजन बन कार्यालय कास्कीको मातहतबाट सञ्चालनको कार्य भएको छ त्यसरीनै सेती गल्छीलाई पनि यसको सम्भाब्यता अध्ययन गरी एक साहसिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने क्लबको उद्देश्य रहेको वताए ।

क्लबका सचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रममा प्रा.डा. ईन्द्र तिवारी, प्रा.डा.कृष्ण प्रसाद पौडेल, भूगर्वविद सोमनाथ सापकोटा, सह प्रध्यापक रामजी पोख्रेल, नागरिक समाजका अभियनता राम बहादुर पौडेल, यूवा ब्यवशायी तथा पर्यटनकर्मी अनिल थापा म समेतले आफ्नो धारणा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width