उद्घोषण कला तथा पत्रकारिता तालिम

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७९
galkot

बागलुङ । पत्रकारिता क्षेत्रामा युवापुस्तालाई आकर्षित गर्न गलकोटमा उद्घोषण कला तथा पत्रकारिता तालिम दिइएको छ । नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा २ दिनसम्म सञ्चालित तालिममा उदघोषण कला, पत्रकारिता, समाचार लेखन, सार्वजनिक कार्यक्रम सञ्चालन, सार्वजनिक भाषण, आमसञ्चार लगायत विषयमा प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय सदस्य तथा सामुदायिक रेडियो परिवर्तनका स्टेशन प्रमुख रामनारायण सुवेदी र रासस बागलुङका प्रमुख राम थापा अविरल, कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक प्रकाश बराल, सामुदायिक रेडियो गलकोट एफएमका स्टेशन प्रमुख घनश्याम गौतमले सहजीकरण गरेका थिए । तालिममा गलकोट नगरपालिमा सञ्चालित विभिन्न विद्यालयमा माध्यामिक तहमा अध्ययनरत ३२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

पत्रकारितामार्फत गलकोट नगरको समृद्वि सुशासन, पारदर्शिता र यहाँका पर्यटकीय सम्भावना बोकेका गन्तव्यहरुको प्रचारप्रसार, कृषि, खेलकुद, कला संस्कृतिको संरक्षणमा टेवा पुर्याउने उद्येश्यले तालिम सञ्चालनको लागि गलकोट नगरपालिकाले आर्थिक सहयोग गरेको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिइन् ।

समापनमा गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर विश्वकर्माले पत्रकारिता क्षेत्र सबैले विश्वास गर्ने पेसा भएको बताए । उनले पत्रकारिता पेसा खबरदारी गर्ने माध्यम भएकोले पत्रकारले पत्रकारिता मार्फत समाजमा सुशासन कायम राख्न सहयोग पु¥याउनु पर्ने बताए । तालिममा सिकेका कुराहरुलाई प्रभावकारी रुपमा व्यवहारमा लागु गर्न सकेमात्र तालिमको सार्थकता रहने उनको जोड थियो । पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विजय रानाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग