छन्त्याल संघमा मनमोहन

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७८
chhantyal sangha~main

म्याग्दी । नेपाल छन्त्याल संघको अध्यक्षमा मनमोहन बुढाथोकी छन्त्याल पुनः निर्वाचित भएका छन् । बेनीमा भएको नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनबाट उनी पुनः अध्यक्ष निर्वाचित भएका हुन् ।

उनले २ सय ४ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी गजेन्द्र छन्त्यालले १ सय १२ प्राप्त गरेको निर्वाचन समिति संयोजक चित्र घरब्जा छन्त्यालले बताए । वरिष्ठ उपाध्यक्षमा मनमाया छन्त्याल १ सय ८५ प्राप्त गरी निर्वाचित भएकी छन् ।

५ उपाध्यक्षमा हरिचन छन्त्याल (खुल्ला), यमुना छन्त्याल (महिला),खिमबहादुर छन्त्याल (गण्डकी प्रदेश ), लोकप्रसाद छन्त्याल (लुम्बिनी प्रदेश) र चक्रबहादुर घरब्जा छन्त्याल(प्रदेश नम्बर ३),महासचिवमा कृष्णबहादुर छन्त्याल, कोषाध्यक्षमा शिवप्रसाद छन्त्याल,उपमहासचिवमा घनबहादुर छन्त्याल, सहकोषाध्यक्षमा यमबहादुर छन्त्याल, सचिवमा यमप्रसाद छन्त्याल, महिला सचिवमा थममाया छन्त्याल सर्वसम्मत चयन भएका छन् ।

३ खुला सदस्यमा श्याम पाल्ताङे छन्त्याल, नरेन्द्र कुमार छन्त्याल र घनसा छन्त्याल विजयी भए । महाधिवेशनबाट पदाधिकारी र सदस्यसहित ३२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएका निर्वाचन समितिले जनाएको छ ।

मालिका ४ निवासी अध्यक्षमा निर्वाचित छन्त्यालले आफ्नो अघिल्लो कार्यकालमा अधुरा रहेका केही योजनाहरु पुरा गर्ने बताए । ‘यो थप जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्नेछु । मैले थप केही योजना सहित आउने प्रतिबद्धता जनाउँछु,’ अध्यक्ष छन्त्यालले भने । कुल ३ सय ८५ मध्ये ३ सय ३२ मत खसेको थियो । महाधिवेशनको गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका थिए । त्यसैगरी छन्त्याल विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा म्याग्दीका अमर भलम्जा छन्त्याल चयन भए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width