गाउँपालिकाले पञ्चेबाजा संरक्षण गर्दै

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७८
aadhikhola gau palikas

पोखरा । लोप हुँदै गएको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि स्याङ्जाको आँधीखोला गाउँपालिकाले बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको छ । गाउँपालिकाले पालिका ६ वटै वडाका ८ वटा बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको हो ।

पञ्चेबाजा संरक्षणका लागि चालु आवमा विनियोजन गरेको बजेटबाट पञ्चेबाजा बजाउन सक्रिय दलित समुदायलाई पञ्चेबाजाको २ वटा नरसिंह, २ वटा सनही, २ वटा दमाहा, एउटा ढोलकी, एउटा ट्याम्को र एउटा झ्याली वितरण गरेको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिए । पञ्चेबाजाको धूनले पर्यटकलाई आकर्षण गर्ने र यसबाट आयआर्जनमा सहयोग पुग्ने अपेक्षासहित बाजा वितरण गरिएको अध्यक्ष पौडेलले बताए ।

करिब ८ लाख रुपैयाँ लागतमा खरिद गरिएका बाजा विभिन्न वडामा रहेका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको हो । सिरुवारी बाजा समूह आँधीखोला १, माझकटेरी बाजा समूह आँधीखोला १,उखुवारी बाजा समूह आँधीखोला २, मडुवा नौमति बाजा समूह आधीखोला २,पाख्रीबोट बाजा समूह आँधीखोला ३, पञ्चासे बाजा समूह आँधीखोला ४, सेपत बाजा समूह आँधीखोला ४, अरिंगाले बाजा समूह आँधीखोला ५ लाई बाजा उपलब्ध गराइएको हो ।

अरिंगाले बाजा समूह आँधीखोला ५ का अध्यक्ष ठाकुर परियारले वर्षौं पहिले खरिद गरेका बाजालाई मर्मत गरेर चलाउने गरिएको र नयाँ बाजा महँगो पर्ने भएकाले धेरै बाजा समूहले किन्न नसक्ने अवस्थामा रहेकोमा पालिकाले बाजा दिएपछि खुसी भएको व्यक्त गरे ।

कार्यक्रममा बाजा वितरणसँगै प्रथम कार्यकालमा सम्पादित कार्यहरुको सँगालो श्वेतपत्र विमोचन तथा सार्वजनिकीकरण, विद्यालय स्वच्छ खानेपानी कार्यक्रम अन्तर्गत सम्पूर्ण विद्यार्थीको लागि युरोगार्ड र पानी ट्यांकी हस्तान्तरण गरियो । साथै गरीब तथा जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width