‘शिरीषको फूल’ मञ्चन आजदेखि

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७८
siris ko ful

पोखरा । ‘शिरीषको फूल’ नाटक बिहीबार मञ्चन हुँदैछ । गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने नाटकको निर्देशन अञ्जान प्रदीपले गरेका छन् । नाटक चैत २७ सम्म हरेक दिन ५ बजे मञ्चन हुनेछ । शनिबार दिउँसो १ बजे थप मञ्चन हुने जनाइएको छ ।

थिएटर मल र पोखरा थिएटरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो । केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, सञ्जय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारको अभिनय हेर्न पाइनेछ ।

नाट्य आलेख चौथो आयामले तयार पारेका हुन् । प्रसिद्ध साहित्यकार पारिजातको मदन पुरस्कार विजेता उपन्यास ‘शिरीषको फूल’ मा नाटक आधारित छ ।

थिएटर मलका संस्थापक तथा कला निर्देशक रहेका परिकल्पनाकार केदार श्रेष्ठ शिरीषको फूलको देशयात्रा सुन्दर नगरी पोखराबाट सुरु हुन लागेकोमा उत्साहित भएको बताउँछन् । ‘पोखरामा व्यक्तिगत रुपमा मेरो तेस्रो नाटक हो । धेरै समयदेखि नाट्य गतिविधि नभएको बेला २०७३ सालमा नाटक मान भर्सेस मती लिएर पोखरा आइपुगेको थिएँ,’ उनले भने, त्यसपछि निर्देशकहरुको कार्यशालाबाट तयार नाटक खबर हराएका चिठ्ठीमार्फत यहीं पोखरा थिएटरको मञ्चमा सक्षात्कार गर्ने मौका पाएको थिएँ ।’

पोखरा थिएटर संस्थापक परिवर्तनले थिएटर मलसँग संस्थागत सहकार्यमा नाटक मञ्चन गर्न पाउदा खुसी लागेको सुनाए । पोखरा थिएटरले स्थापनाकालदेखि नै विभिन्न रंग समूह सगँको सहकार्यलाई महत्व दिंदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width