‘नेपाली कांग्रेसले समाजवाद अवलम्बन गर्दै छ ’

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७८
GovingdaRaj Pokhrel

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले नेपाली कांग्रेसले बिपीको समाजवादको सिद्धान्तलाई नै अवलम्बन गर्दै आएको बताएका छन् । नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिद्वारा मंगलबार सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा डा. पोखरेलले भने, ‘त्यतिबेला बिपीले भनेका समाजवादको पदचिन्हहरु समयानुकूलन परिवर्तन भएका हुन्भन्दै बिपीको समाजवादलाई कांग्रेसले छाडेका भन्न मिल्दैन ।’
उनले भने, ‘हिजो वीपीले हलो जोतेको मान्छे, दुहुनो गाईको परिकल्पना गर्नु नै किसानमुखी अर्थनीति हो । अहिले हलो नभई ट्याक्टर जोत्ने प्रचलन छ । जुन बिपीले २००७ सालमा कृषिमा सुधार ल्याएर गरिबी निवारण गर्न सकिने कुरा बताएका थिए ।’

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका डा. पोखरेलले नजिकिंदै गरेको स्थानीय निर्वाचनमा सिर्जनशीलता, उद्यमशीलता, दूरदृष्टि र सबैलाई समेट्न सक्ने नेतृत्व छनोट गर्न सुझाव दिए । लक्षित योजना र घोषणापत्र तयार पारेर निर्वाचनमा होमिने उनले बताए ।

एमसिसी भनेको हामीले मागेको अमेरिकासँग अनुदान सहयोग रहेको बताउँदै उनले यसबाट नेपालमा विद्युतीय र सडक निर्माण गरिने बताए । कम्युनिस्टहरु उत्तेजना, भ्रम र आक्रोश बेच्ने भएकाले एमसिसीको भ्रम र यथार्थबारे स्थानीयलाई बुझाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति राजु थापा, बागलुङका महासमिति सदस्य एवं प्रशिक्षक डिल्लीराम सुवेदी, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, जिल्ला उपसभापति केदार काफ्ले, पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारी र सचिव महादेव श्रेष्ठ लगायतले आउँदो स्थानीय निर्वाचनमा जिल्लाका ९७ वडा, ११ पालिकामा नेपाली कांग्रेसलाई विजयी गराउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width