ज्येष्ठ नागरिक दिवा सेवा संचालनार्थ इन्द्रेणी कार्यक्रम

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७८
manav milan

पोखरा । मानव मिलन संस्था स्याङ्जाको आयोजनामा ज्येष्ठ नागरिक दिवा सेवा संचालन सहयोगार्थ फेदीखोला–४, आरुखर्कमा इन्द्रेणी कार्यक्रम सम्पन्न भएको छ ।
मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा. मणिभन्द्र मुनिजी महाराजको ५६ औं शुभजन्मोत्सवको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा करिब ५ लाख रुपैयाँ संकलन भएको छ ।
कार्यक्रममा इन्द्रेणीका प्रबन्ध निर्देशक कृष्ण कँडेल लगायतको टोलीले स्थानीयवासीलाई भरपूर मनोरञ्जन दिएका थिए । मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले ज्येष्ठ नागरिकलाई दिवा सेवा संचालन गर्नु महत्वपूर्ण कार्य भएको भन्दै सेवाले ज्येष्ठ नागरिकलाई सम्मान हुने बताए ।
मानव मिलन अन्तर्राष्ट्रिय संस्थाका सचिव सावित्री शर्माले डा. मणिभद्र मुनिजीको जन्मभूमिमा मानव मिलन संस्थाले गर्न खोजेको कामको प्रशंसा गर्दै कार्यक्रम सफल हुने बताइन् । रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक नारायणप्रसाद पौडेलले कार्यक्रममाथि प्रकाश पारेका थिए भने सचिव गोविन्द सुवेदीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width