स्वतन्त्रका सल्लाहकार पहाडी सम्मानित

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७८
pahadi samman

लमजुङ । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार नवराज पहाडी सम्मानित भएका छन् । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानले आयोजना गरेको सातौं जिल्ला भेला तथा पाँचौं वनभोज एवं् सम्मान कार्यक्रममा पहाडीलाई सम्मान गरेको हो ।
पत्रकारिताका माध्यमले संस्थाको संस्थागत विकासका लागि विशेष योगदान गर्नुका साथै सो प्रतिष्ठानको केन्द्रीय सदस्यसमेत भएकाले उनलाई सम्मान गरिएको उक्त प्रतिष्ठानले जनाएको छ ।
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका महासचिव चिरञ्जीवी अधिकारी, गण्डकी प्रदेश सभामा नेकपा एमालेको सचेतक मायानाथ अधिकारी तथा सभाका अध्यक्ष तुलसीविकास अधिकारीले संयुक्त रुपमा टीका, रुद्राक्षको माला, दोसल्ला र सम्मानपत्रले पहाडीलाई सम्मान गरिएको हो । पहाडीले पत्रकारका हैसियतले यस प्रतिष्ठानको गरिमा बढाउनका लागि झण्डै १ दशकदेखि गरिआएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको उक्त प्रतिष्ठानका जिल्ला अध्यक्ष तुलसीविकास अधिकारीले बताए ।
कार्यक्रममा पहाडीका साथै प्रतिष्ठान लमजुङका सल्लाहकार भएका व्यक्तित्वद्वय दामोदर अधिकारी, विश्वप्रसाद अधिकारी, केन्द्रीय परिषदका सदस्यद्वय मुक्ति अधिकारी र नीलकण्ठ अधिकारीलाई पनि सम्मान गरिएको थियो ।
प्रतिष्ठानको कार्य क्षेत्रभित्र रहेर ८४ पूजा गरेका वा ८४ वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने जिल्ला समितिको नीतिगत निर्णय अनुसार १४ जनालाई सम्मान गरिएको उक्त प्रतिष्ठानका जिल्ला सचिव गोविन्द अधिकारीले बताए । उनकाअनुसार उक्त अवसरमा १५ वर्षकै उमेरमा कक्षा १० मा पढिरहेको अवस्थामा ड्रोन बनाएर उडाउने किरण अधिकारीलाई पनि सम्मान गरिएको छ । गत वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १ छात्र र १ छात्रालाई पनि सम्मान गरिएको सचिव गोविन्दप्रसादले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width