राइजिङ क्रिकेट क्लबको ४ रनको रोमाञ्चक जीत

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७८
Cricket leagues

पोखरा । ऋतिक थापा मगरले उत्कृष्ट बलिङ गरेपछि माछापुच्छ्रे क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबमाथि २५ रनको जीतको नजिता निकालेको छ । ९० रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लबलाई ६४ रनमै अलआउट गर्दै माछापुच्छ्रे क्रिकेट क्लबले जीत हात पारेको हो ।
वाइनकिङ टी–२० कास्की क्लबस्तरीय च्याम्पियनसिपमा मध्यक्रमका दीपेश खत्री र विमल तिवारीले महत्वपूर्ण साझेदारी गरेपछि माछापुच्छ्रे क्रिकेट क्लबले ८९ रनको योगफल तयार परेको थियो । पुजन शर्मालाई ६ रनमै पभेलियन फर्काउँदै सांग्रिलाललाई पहिलो सफलता मिलेको थियो । दुई चौका प्रहार गर्दै खेल्ने क्रममा उनी बोल्डआउट भए । अर्का ओपनर कविन सापकोटालाई १२ रनमा आउट भएपछि माछापुच्छ्रे केही संकटमा पर्‍यो । प्रवीन ढकाल केवल ३ रनमै आउट भए । ऋतिक थापा मगर शून्य रनमै पभेलियनको बाटो समाएपछि मध्यक्रमका दिपेश खत्री र विमल तिवारीले इनिङ सम्हाले । खत्री राजु तामाङको बलमा बोल्ड हुनु अघि २८ रनमा खेलिरहेका थिए । तामाङकै बलमा विमल तिवारी व्यक्तिगत २२ रनमा आउट भएपछि माछापुच्छ्रे थप संकटमा पर्‍यो । तिवारीले ३१ बल खेल्दै १ चौका प्रहार गरे । खत्रीले २८ रन बनाउने क्रममा ४० बल खेल्दै १ छक्का हिर्काए । मनोज कोइराला ९ रनमा अविजित रहे ।
बलिङमा राजु तामाङले ४–०–१७–२ को स्पेल देखाए । सञ्जय शर्मा र सुदीप पौडेलको नाममा २/२ विकेट लेखियो । ९० रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लब सुदीप पौडेल र रिकेश गुप्ताले क्रमश २० र ११ रनको दोहोरो स्कोर तयार पारे । अन्य ब्याटरको ब्याटबाट दोहोरो अंकको रन जोडिन सकेनन् । अन्तत ६४ रनमा समेटिन पुग्यो । बलिङ ऋतिक थापा मगरले ४ विकेट लिए । दीपेश खत्री, प्रवीन ढकाल र विनोद नेपालीले समान २/२ विकेट लिए । थापा मगर प्लेयर अफ दि म्याच घोषित भए ।
अर्को खेलमा राइजिङ क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबमाथि ४ रनको रोमाञ्चक जीत निकाल्दै लिगको शीर्षस्थानमा उक्लिएको छ । टस जित्दै ब्याटिङ गरेको राइजिङले १ सय २१ रनको योगफल तयार पार्‍यो । नवौं नम्बरमा आएका विमलविक्रम खत्रीले ४४ रनको अविजित रहँदै महत्वपूर्ण इनिङ खेले ।
ओपनर सागर लामिछाने शून्य र मीलन थापा २ रनमै आउट भएपछि राइजिङ दबाबमा परेको थियो । किरण पौडेल पनि ५ रनमा आउट भएपछि चौथो नम्बरमा आएका नवीन पोखरेल पनि शून्यमै आउट हुन पुगे । एकपछि अर्को गरी सस्तैमा ब्याटर आउटभएपछि राइजिङलाई कप्तान अमृत गुरुङले सम्हाल्ने प्रयास गरे । लामिछाने र पोखरेल विजय राउतको बलमा बोल्ड भए । अमृतले ३३ बल खेल्दै ३१ रन बनाउने क्रममा राउतकै बलमा विकेट किपरको हातबाट क्याच हुन पुगे । अमृतले २ छक्का प्रहार गरे । कृष्ण पौडेलले २३ रन बनाउने क्रममा १७ बल खेल्दै २ चौका र १ छक्का हिर्काए । पौडेल र खत्रीले आठौं विकेटको लागि महत्वपूर्ण साझेदारी निभाए । खत्रीले अविजित ४४ रन बनाउने क्रममा ३१ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । बलिङतर्फ विजय राउतले ३ विकेट लिँदाँ अनीष खड्काले पनि ३ विकेट आफ्नो नाममा लेखाउन सफल भए ।
१ सय २२ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेटल क्लब १ सय १७ रनमा समेटिएपछि ४ रनले हार व्यहोर्न पुग्यो । मुस्कान थापा, अनील गुरुङ र प्रमोद बास्तोलाले प्रभावकारी ब्याटिङ गरे पनि अन्य ब्याटरले रन जोड्न नसक्दा झिनो रनको हार व्यहो¥यो । मुस्कानले २ चौकाको मद्दतमा २७ रन बनाए । यद्यपि अर्का ओपनर विकास अधिकारी केवल १ रनमै आउट भए । अमृत गुरुङको बलमा क्याच आउट भए । सुवास भण्डारी पनि १ रनमै आउट भएपछि पोखरा क्रिकेट क्लबको इनिङलाई भरपर्दा ब्याटर अनील गुरुङले मुस्कान थापासँग सहकार्य गरे । अनीलले ३० रनको योगदान दिने क्रममा १ छक्का हिर्काए । उनी अमृत गुरुङको बलमा बोल्ड भएपछि इशान श्रेष्ठले पनि क्रिजमा टिकेनन् । उनी शून्यमै पभेलियन फर्किए । प्रेम गुरुङले ११ रन जोडे । प्रमोद बास्तोलाले २३ रन बनाए पनि जीतको हकदार बनाउनबाट चुके । कृष्ण पौडेलले ३५ रन खर्चिएर ४ विकेट लिँदा विमलविक्रम कार्कीले ३ विकेट लिए । अमृत गुरुङ र विशाल रिजालले २÷२ विकेट लिएका थिए । खत्री प्लेयर अफ दि म्याच घोषित भए ।

Related News

सम्बन्धित समाचार

hero news full width