अग्रजका जीवनीबाट धेरै ज्ञान पाउन सकिन्छ: प्रदेश प्रमुख

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७८
dristi bomochan~krishna sir

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अग्रज व्यक्तित्वको जीवनीबाट धेरै ज्ञान पाउन सकिने बताएका छन् । ‘प्रेमनारायण बराल दृष्टि र अन्तरदृष्टि’ नामक स्मृति ग्रन्थ शनिबार लोकार्पण गर्दै उनले सो कुरा बताएका हुन् ।
२०३६ सालमा बहुदल प्रचारको दौरान थोरै समय भए पनि आफूले बरालसँग भेट्ने अवसर मिलेको स्मरण गर्दै भने, ‘उहाँ जुझारु व्यक्तित्व हुनुहुन्थ्यो ।’ जनमतसंग्रहमा कास्की र चितवनमा बहुदल निर्दलभन्दा १० हजार बढी भोट ल्याएको उल्लेख गर्दै स्व. बराल जस्ता त्यागी व्यक्तित्वको संघर्षबाट त्यो उपलब्धि हासिल भएको उनले बताए ।
बरालले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको अभिलेखको रुपमा रहेको स्मृति ग्रन्थ अध्ययन गरेर ज्ञान लिन पनि उनले आग्रह गरे ।
पूर्व सभामुख तारानाथ रानाभाटले स्व. बरालले प्रजातन्त्र पुनस्र्थापनाका लागि जनताबीच पुगेर काम गरेको स्मरण गर्दै उनको निश्वार्थभावले सबैलाई प्रेरणा दिएको बताए ।
सहकर्मी नीलकण्ठ शर्माले स्व. बरालको बोली र व्यवहार एउटै भएको व्यक्तित्व भएको चर्चा गर्दै उनको विशेष लगाव शिक्षामा रहेको स्मरण गरे ।
कार्यक्रममा नेपाल बायो ग्यास विकास कम्पनीका प्रमुख शेखर अर्यालले वैकल्पिक ऊर्जाको विकासमा बरालको ऐतिासिक योगदान रहेको चर्चा गरे ।
पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले गाउँमा स्कुल नभएका अवस्थामा पनि आफ्नै प्रयासबाट शिक्षा आर्जन गर्न सफल बरालको प्रेरणाले आफूले पनि गोवर ग्यास राखेको स्मरण गरे ।
महिला विकासका लागि आमा समूह अध्यक्ष मनमाया बरालले दिदीबहिनीलाई पनि अघि बढ्न उनले प्रेरणा दिनु भएको बताइन् ।
स्मृति ग्रन्थको समीक्षा प्रस्तुत गर्दै विश्व सिग्देलले ग्रन्थले स्व. बरालको बहुआयामिक व्यक्तित्वबारे उजागर गर्न सफल रहेको बताए ।
सम्पादकमण्डल संयोजक शेखर पराजुलीले लेखहरुमा एउटै कुरा नदोहोरिओस् भनेर छाँटकाट गरिएको उल्लेख गरे ।
ग्रन्थ प्रकाशन संस्था डिठ्ठा महेश्वर बराल भलाइ कोष, मासबार पोखराका संरक्षक एवं स्व. बरालका धर्मपत्नी इन्दिरा बराल अध्यक्ष तथा सावित्री बराल सहअध्यक्ष रहेको उक्त कार्यक्रममा साहिंला छोरा सरोजनारायण बरालले परिवारको तर्फबाट पिताको स्मृतिमा शिक्षा पुरस्कारको लागि ४ लाख रुपैयाँको अध्यक्षकोष राख्ने घोषणा गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष तारा गिरीले क्याम्पसका संस्थापक अध्यक्ष बरालको स्मृतिमा परिवारले राख्ने अक्षयकोषमा क्याम्पसतर्फबाट १ लाख १ हजार रुपैयाँ थप गर्ने घोषणा गरेको थियो । डिठ्ठा महेश्वर बराल भलाइ कोषका अध्यक्ष गोपाल बरालले कार्यक्रम सञ्चालन र स्व. बरालका जेठा छोरा विनोदनारायण बरालले धन्यवाद ज्ञापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width