पोखरा । मादी गाउँपालिका ४ स्थित इदी देउराली खानेपानी योजनाअन्तर्गत १६ वटा धारा शुक्रबार उद्घाटन गरियो ।
युनिका फाउन्डेसन दि नेदरल्यान्ड्स, रोटरी क्लब अफ पोखरा लेकसाइड र मादी गाउँपालिकाको सहयोगमा निर्माण भएको हो । खानेपानी योजनामा १५ घरधुरीको लागि ३१ सय मिटर पाइप प्रयोग गरी १० हजार बराबरको एउटा ट्यांकी निर्माण भएको छ ।
रोटरी लेकसाइडका अध्यक्ष हुम आलेले नेदरल्यान्डमा इदी भन्ने सुनी आज सोही ठाउँमा धारा उद्घाटन गर्न पाउँदा ज्यादै खुसी लागेको भने । चैतमा पनि धारामा यति ठूलो पानी आउँदा खुसी लागेको भन्दै अध्यक्ष आलेले धाराको संरक्षण गर्न आग्रह गरे ।
जिल्ला समन्वय समिति कास्की सदस्य बृहस्पति सापकोटाले पानीको हाहाकार भएको इदी देउरालीमा रोटरीको सहयोगले सबैमा खुसीयाली छाएको बताए ।
रोटरी लेकसाइडका क्लब एड्मिन तथा खानेपानी योजना संयोजक शुक्रराज सुवेदीले १४ लाख रुपैयाँ लागतमा योजना सम्पन्न भएको जानकारी गराए । ५ लाख ९१ हजार युनिका फाउन्डेसन नेदरल्यान्डबाट, १ लाख मादी गाउँपालिकाबाट र ७ लाख ७० हजार बराबरको स्थानीयको श्रमदानबाट योजना सम्पन्न भएको उनले बताए ।
उपभोक्ता समिति संयोजक चन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष सत्यराज सापकोटालगायत बोलेका थिए । कार्यक्रममा स्थानीय उपभोक्ता समिति सल्लाहकार खेमराज सापकोटाले स्वागत र उपभोक्ता समितिका सचिव सुभाष सापकोटाले संचालन गरेका गरेका थिए ।
Related News
सम्बन्धित समाचार
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा
गैंडाकोटमा कविशिरोमणिको स्मरण
hero news full width
मुख्य समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
पौष २९, २०८१नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
पौष २८, २०८१