स्याङ्जा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताए ।
चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाई जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।
तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने जनाउँदै उनले सरकारले निर्वाचनको मिति घोषणा गरेर अघि बढिसकेको बताए ।
चापाकोट पर्यटकीय तथा धार्मिक दृष्टिले महत्व बोकेको पवित्र कालीगण्डकी नदीको तटमा रहेकाले यहाँको विकास निर्माणका गतिविधिलाई अगाडि बढाउन सबैको सहयोग, सहकाय र समन्वयबाट मात्रै सम्भव रहेको उनको भनाइ छ ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, पूर्व मन्त्री डा. मीनेन्द्र रिजाल, गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सभापति राजु थापा, चापाकोट नगर प्रमुख शिवकुमार गिरी, उपप्रमुख विमला श्रेष्ठ, कार्यपालिका सदस्य इशा राना लगायतले चापाकोट गतिबिधि सहित विकास निर्माण सहकार्य गर्दे अघि बढ्ने बताए ।
संघ प्रदेश र स्थानीय सरकारको संयुक्त साझेदारीमा ५ करोड ५० लाखमा भवन निर्माण सम्पन्न भएको हो । १६ रोपनी परिसरको झन्डै १ रोपनी जग्गामा निर्माण भएको तीनतले भवनमा ३८ कोठा सहितको सुविधा सम्पन्न भवन निर्माण भएको प्रमुख गिरीले जनाए ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा
hero news full width
मुख्य समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१