बास नेपालको शाखा समिति गठन

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७८
bas nepal

लमजुङ । लमजुङमा बास नेपालको शाखा गठन गरिएको छ । वरिष्ठ पत्रकार नवराज पहाडीको अध्यक्षतामा भएको भेलाले समिति गठन गरेको हो । भेलाले समितिको अध्यक्षमा खुसीमाया गुरुङ चयन गरेको छ । गुरुङ स्वतन्त्र पत्रकार संघ नेपालको जिल्ला अध्यक्ष तथा ‘हाम्रो घर’ संस्थाको अध्यक्ष समेत हुन् । समितिको उपाध्यक्ष काजीराम बस्नेत, सचिव वासुदेव सेढार्इं, कोषाध्यक्ष शर्मिला अधिकारी चयन भए । सदस्यहरु चन्द्रबहादुर मिश्र, प्रमोद अधिकारी, रामजीप्रसाद बसौला, शिवकुमारी अधिकारी र झरना पराजुली छन् । दुई सदस्य पछि थप गरिने बताइएको छ ।
समितिको सल्लाहकारमा नवराज पहाडी, रमाराज खनिया, कृष्णराज ओलिया, तेजनारायण अधिकारी, कृष्ण केसी, विश्वविनोद घिमिरे र खेमजंग गुरुङ रहेको उक्त समितिका नवनिर्वाचित सचिव सचिव वासुदेव सेढाईंले बताए ।
कार्यक्रमका अध्यक्ष पहाडीले बास नेपालका बारेमा संक्षिप्त जानकारी दिए । उनले असल शासनका लागि ६० भन्दा बढी जिल्लामा बास नेपालको नेटवर्क रहेको हुँदा नेपालजस्तो विश्वमै अतिभ्रष्ट मुलुकको सूचीमा गणना हुने देशमा यस्ता संस्थाको अभाव र क्रियाशीलतको खाँचो औंल्याए । उनले केन्द्रको निरन्तर सम्पर्कमा रहेको जिल्लामा सुशासनका कमजोर संयन्त्रमा प्रकार गर्न योजनाबद्ध कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । सामाजिक अभियन्ता कृष्णराज ओलिया, शिक्षासेवी रमाराज खनिया, प्राकृतिक चिकित्सा अभियन्ता तेजनारायण अधिकारी आदिले शुभकामना व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष गुरुङले सुशासन र विधि विधानका बारेमा आफूले सिक्दै जाने बताइन् । उनले केन्द्रको निर्देशन र जिल्लाका अग्रजहरूको सल्लाह अनुसारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रम सञ्चालक वासुदेव सेढाईंले यो संस्थामा काम गर्ने व्यक्ति पहिले आफू शुद्ध आचरणको हुनुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width