भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख

रासस
चैत्र ३, २०७८
Corona Banner

नयाँ दिल्ली । भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति ४ करोड ३० लाख एक हजार ४७७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ ।

यसबाहेक बुधबार बिहानसम्म यस महामारीका कारण ६० जनाको ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या ५ लाख १६ हजार १३२ पुगेको छ । भारतमा हाल ३० हजार ७९९ कोरोनाका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा मात्र २ हजार १२ सक्रिय सङ्क्रमित घटेका छन् । कोरोना शुरु भएबाट हालसम्म भारतमा ४ करोड २४ लाख ५४ हजार ५४६ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ४ हजार ४९१ जना कोरोनाबाट मुक्त भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • अफगानिस्तानमा चरम भोकमरी

    रासस वैशाख २३, २०७९
    काबुल । अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । गरिरहेको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट…
  • ४० लाखभन्दा बढी युक्रेनीले देश छाडे

    रासस चैत्र १६, २०७८
    जेनेभा । रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ। युनएचसिआर…
  • मदिरा सेवन गरेका १७ जनाको मृत्यु

    रासस चैत्र ६, २०७८
    नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन…
  • रुसद्वारा युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग

    रासस चैत्र ५, २०७८
    मस्को । रुसले शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट…
  • सवारी दुर्घटनामा एक बर्षमा ४६ हजारको मृत्यु

    रासस फागुन २०, २०७८
    वासिङ्टन । सवारी दुर्घटनामा परी अमेरिकामा गत बर्षभरीमा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले बुधबार सार्वजनिक…

hero news full width