फेदीखोलामा कानुनी सचेतना

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७८

पोखरा । सयपत्री समाजले फेदीखोला ५ मा कानुनी प्रशिक्षणात्मक कार्यक्रम गरेको हो । स्थानीय तहको न्यायिक समितिको अधिकार, मुलुकी देवानी संहिता तथा फौजदारी संहिता २०७४ अन्तर्गत न्यायिक समितिले हेर्ने मुद्दाका विषयमा प्रशिक्षण दिएको हो ।
सयपत्री समाजका संस्थापक अध्यक्ष ठानबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा फेदीखोला ५ का जनप्रतिनिधि, कर्मचारी, स्थानीय समाजसेवीको उपस्थिति थियो । विवाद कसरी समाधान गर्ने भन्ने विषयमा कानुन व्यवसायी कृष्णप्रसाद तिमिल्सिना र गिरिधारी सुवेदीले सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width