रुपामा अन्तर आमा समूह हाजिरीजवाफ

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७८
rupa

पोखरा । अन्तराष्ट्रिय महिला दिवसका अवसरमा कास्कीको रुपा गाउँपालिकाले पालिकास्तरीय अन्तर आमा समूह हाजिरीजवाफ प्रतियोगिता भएको छ ।
महिलाको क्षमता अभिवृद्धिका लागि हाजिरीजवाफ लक्ष्यका साथ आयोजित प्रतियोगितामा दिगो आमा समूह प्रथम, भीरकोट आमा समूह द्वितीय, भित्री गाउँ हातेमालो आमा समूह तृतीय र नवदुर्गा आमा समूह सान्त्वना भए ।
कूल २१ वटा समूह सहभागी भएको उक्त प्रतियोगिताका विजयी टिमले क्रमश १० हजार, ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गरेका थिए भने सहभागी प्रत्येक टिमलाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले प्रतियोगताका विजयी टिमलाई नगद पुरस्कार वितरण गर्दै महिलाहरुले प्राप्त हक अधिकारको उपयोगमार्पmत् निर्णायक तहमा पुग्नुपर्ने बताइन् । संवैधानिक अधिकार मागेर होइन खोसेर लिनुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि सम्पूर्ण महिला शक्ति एकताबद्ध भएर समृद्धिको अभियानमा जोडिनुपर्ने आवश्यकता औंल्याइन् ।
आमाले छोराछोरीलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिंदै उपसभामुख शर्माले भनिन्, ‘पछिल्लो समय मुलुकमा महिला तथा बालबालिकाप्रति बढेको हिंसाको अन्त्यका सबैको साथ र सहयोग आवश्यक हुन्छ ।
‘सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता’ नारासहित आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले ५ वर्षको अवधिमा पालिकाको खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायत विभिन्न क्षेत्रको विकासमा जोड दिंँदै आएको उल्लेख गरिन् ।
कार्यक्रममा रुपा १ का अअध्यक्ष दीपककुमार आले, २ का कार्यवाहक अध्यक्ष गीता रुपाखेतीले अन्तर आमा समूह हाजिरीजवाफ प्रतियोगिताले आमाहरुमा उत्साह थप्नुका साथै ज्ञानबद्र्धक भएको विचार व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width