स्वतन्त्रको स्थापना दिवसमा गुरुङलाई सम्मान

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७८
samman lamjung~

लमजुङ । स्वतन्त्र पत्रकार संघ नेपालको १०औं स्थापना दिवसका अवसरमा पत्रकार महिला मीना गुरुङलाई सम्मानका साथ चियापन गरी मनाइएको छ । संघको जिल्ला शाखाले मंगलबार सो कार्यक्रम गरेको हो ।
बेंसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालको प्रमुख आतिथ्यता र जिल्ला भूमि आयोगका अध्यक्ष दामोदर अधिकारीको विशेष आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो । सो अवसरमा लमजुङको पहिलो श्रव्य सञ्चारमाध्यमको स्थापनाकालदेखि विभिन्न पदमा रहँदै हाल उक्त रेडियोको प्रवन्ध निर्देशक रहेकी मीना गुरुङलाई ‘क्रियाशील पत्रकारिता राष्ट्रिय सम्मान’ द्वारा सम्मान गरिएको हो ।
मेयर अर्यालले पत्रकारिताले मुलुकमा सुशासन कायम गर्न मद्दत गर्ने, निरंकुश तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने हुँदा राज्यका अंगका रुपमा स्वीकार गरिएको बताए । उनले पत्रकारले समाजमा मैनबत्तीजस्तै निरन्तर जलेर समाजलाई उज्यालो दिइरहेको हुँदा श्रद्धाको लायक छन् । २/४ जनाले बदमास गरे भन्दैमा सबै पत्रकारलाई बदनाम गर्न मिल्दैन तर समाचार भने सत्य, तथ्य र तर्कमा आधारित हुनुपर्छ भने ।
जिल्ला भूमि आयोग अध्यक्ष दामोदर अधिकारीले पत्रकारहरूले नकारात्मकभन्दा सकारात्मक र दूरदर्शितामा आधारित समाचार लेख्नुपर्ने बताए । उनले निष्ठावान्का दिन सजिला छैनन् । सबै क्षेत्रमा निष्ठावान्को खडेरी परेको वा त्यस्तालाई नेतृत्वको तहबाट विस्थापित गर्ने नियति चलिरहेको छ र नेपालको पत्रकारिता पनि त्यो भन्दा भिन्न छैन उनले भने ।
सम्मानित व्यक्तित्व मीना गुरुङले जिल्लामा पहिलो पटक २०६३ सालमा सुरु भएको रेडियो अर्थात् श्रव्य सञ्चारमाध्यममा जोडिएर निरन्तर रही पछिल्ला वर्षमा स्टेसन मेनेजर हुँदै पछिल्लो डेढ वर्षपछि प्रबन्ध निर्देशक रहेको बताइन् । उनले कुनै पनि कित्तामा नरही समाचार लेख्दाको मञ्जानै बेग्ले हुने गरेको अनुभव सुनाउँदै स्वतन्त्र पत्रकार संघले आफ्नो योगदानको मूल्यांकन गरेर सम्मान गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिइन् ।
स्वतन्त्र पत्रकार संघका राष्ट्रिय सल्लाहकार नवराज पहाडीले कार्यक्रमको उद्देश्यमा प्रकाश पारे । उनले वास्तविक समाचार लुकेको, लुकाइएको, लुकाउन खोजिएको पीडितको आवाज हो र त्यसैका लागि स्वतन्त्र पत्रकार संघको स्थापना भएको बताए । उनले पत्रकारिताको मूल मर्म भनेको उच्च नैतिकताले युक्त आदर्शमय समाजको स्थापना गर्नु हो तर हिजो पञ्चायतविरुद्धमा आफूहरूले त्यसकै लागि लडाइँ लडेको स्मरण गर्दै तर आज पनि मुलुक विश्वका अति भ्रष्ट मुलुकको सूचीबाट हट्न नसक्नुले स्वतन्त्र पत्रकारको भूमिका र खाँचो झनै बढी खड्किएको बताए ।
कार्यक्रम संघ लमजुङ अध्यक्ष खुसीमाया गुरुङको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width