अस्थायी आधारभूत आम्दानी प्रयासबारे छलफल

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७८
tbi

स्याङ्जा । पुतलीबजार नगरपालिका र आपसी सहयोग केन्द्र (आक्स) स्याङ्जाले संयुक्तरुपमा सञ्चालन गरेको अस्थायी आधारभूत आम्दानी (टिबीआई) प्रयास परियोजनाको समीक्षा गरिएको छ ।
कोभिड संक्रमणबाट प्रभावितबाट गरिब तथा सिमान्तकृत परिवारलाई ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले अनुदानमा जीविकोपार्जनमा सहयोग गर्दै आएको छ । पुतलीबजारका २ सय जना सीमान्तकृत र विपन्न महिला घरपरिवारहरूको लागि अस्थायी आधारभूत आम्दानीको लागि गाउँमा सामाजिक परिचालनको गुणस्तरमा सुधार गर्ने, गरिब र सिमान्तकृत परिवार र कोभिड १९ बाट प्रभावित महिलाको ज्ञान र सीपलाई अभिवृद्धि गरी कम मूल्य अनुदानमा दिगो जीविकोपार्जनका लागि सहयोग गर्ने परियोजनाको उद्देश्य रहेको आपसी सहयोग केन्द्रका निर्देशक हरिप्रसाद ढकालले जानकारी दिए ।
राम्रा विकल्प छनोट गरी सक्रिय रूपमा सहभागी गराउने र कार्यक्रमको सफल सिकाइको दस्तावेजीकरण गरी अन्य क्षेत्रमा प्रसारको लागि मार्गनिर्देशन तयार गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्र संघीय कार्यक्रम (युएनडिपी) र पुतलीबजार नगरपालिकाको सहयोग तथा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालको सहजीकरणमा पुतलीबजारमा सो परियोजना सञ्चालनमा छ ।
समीक्षा गोष्ठीमा नगरप्रमुख सीमा क्षेत्रीले परियोजनाको माध्यमबाट कोभिड १९ का कारण अति समस्यामा परेका पुतलीबजारका अति विपन्न महिला घरपरिवारहरुलाई नगद नै सहयोग गरेर परनिर्भरता हटाउनका लागि गरिएको जीविकोपार्जनको प्रशंसा गर्दे आवश्यक परेमा थप सहयोग गर्ने बताइन् ।
कार्यक्रममा उपप्रमुख महेश पुरी, नगर प्रवक्ता ख्यामनारायण अधिकारी, वडा अध्यक्षहरु तिलकराम श्रेष्ठ, अमृतकुमार श्रेष्ठ, लीलप्रसाद गुरुङ, वडा सदस्य शान्तिदेवी गौतमलगायतले समेत आ आफ्ना भनाइ एवं सुझावहरु टिबिआइसम्बन्धी सुझाव दिएका थिए ।
आक्सका निर्देशक हरिप्रसाद ढकाल, टिबिआई कार्यक्रम फिल्ड संयोजक हेमराज पौडेल र युएनडिपिका टिबिआई कार्यक्रम संयोजक सतीस पाण्डेले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width