आइटी पार्क निर्माण शुभारम्भ

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७८
bindu thapa

पोखरा । गण्डकी प्रदेशको आइटी पार्क निर्माण कार्य शुभारम्भ भएको छ । गण्डकीका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सोमबार आइटी पार्कको पर्खाल निर्माण कार्यको शिलान्यास गरे । पार्क ९६ रोपनीमा निर्माण हुनेछ ।
‘पर्खाल निर्माणको शिल्यान्याससँगै आइटी पार्क निर्माण कार्य शुभारम्भ भएको जानकारी गराउन पाउँदा खुशी लागेको छ’, मन्त्री थापाले भने, ‘सूचना प्रविधि पार्कको विस्तृत प्रतिवेदनको कार्य समेत अगाडि बढिरहेको र गण्डकी प्रदेश सरकार आइटी पार्क निर्माण कार्यलाई पूर्णता दिन प्रतिबद्ध छ ।’
पोखरा महानगरबाट ९६ रोपनी जग्गा गण्डकी सरकारको मातहतमा आएसँगै तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइटी पार्क निर्माणको तयारी थालेको थियो । जसको निर्माण कार्यको शुभारम्भ कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले गरेको छ । मन्त्री थापाले पार्क निर्माणका लागि प्रदेश सरकारले अब ढिलाइ नगर्ने बताए । उनले सूचनाप्रविधि पार्कको सहज पहुँच प्रत्येक प्रदेशवासीलाई पुर्‍याउने उद्देश्य स्वरुप प्रदेश सरकार अगाडि बढिरहेको उल्लेख गरे ।
पार्क निर्माणमा स्थानीयको सहयोग सबैभन्दा महत्वपूर्ण भएको भनाइ उनको छ । ‘स्थानीयको सहयोगबिना आइटी पार्क निर्माण कार्यलाई गतिशीलता दिन हामी असमर्थ छौं’, मन्त्री थापाले भने, ‘आशा छ सबैको सहयोग मिल्नेछ ।’ पोखरा महानगरपालिकालाई स्मार्ट महानगरपालिका बनाउन आइटी पार्कको भूमिका महत्वपूर्ण हुने विश्वास मन्त्री थापाको छ ।
आइटीसँग सम्बन्धित नयाँनयाँ प्रविधिको उत्पादन गर्ने, प्रदेश सरकारले आफ्नो तथ्यांक भण्डारण एवं सुरक्षित गर्नेसँगै प्रदेशअन्तर्गत आइटीसँग सम्बन्धित सबै संस्थाको कार्यालय राख्ने गरी पार्क निर्माणको सोच बनाएको मन्त्रालयका सचिव धर्मराज कुइँकेलले जानकारी गराए । उनले गण्डकी सरकारले बनाउन लागेको आइटी पार्क केवल मनोरञ्जनका लागि मात्र नभई अध्ययन अनुसन्धान लागि महत्वपूर्ण हुने बताए । पोखरामा डाटा सेन्टर, आइटीसँग सम्बन्धित नवप्रवर्तन (इन्नोभेसन) र नयाँनयाँ प्रविधि पत्ता लगाउने (इन्भेन्सन) का काम पार्कबाट हुने भनाइ उनको छ ।
स्थानीय राजुप्रसाद तिमिल्सिनाले पार्क बन्दै गर्दा स्थानीय नारायण अधिकारी विस्थापित हुने अवस्था रहेको र प्रदेश सरकारले उनको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
कांग्रेस पोखरा १८ का इकाइ सभापति शिव तिमिल्सिनाले गण्डकी सरकारले बनाउँदै गरेको सूचना प्रविधि पार्क निर्माणको कार्य आफैमा स्वागतयोग्य रहेको र यसले पोखरा १८ का स्थानीयहरुलाई रोजगारीको सिर्जना समेत गर्ने हुँदा समयमा नै निर्माण कार्य सम्पन्न गर्ने गरी लाग्न गण्डकी सरकारलाई अनुरोध गरे ।
स्थानीय भरतबहादुर थापाले तत्कालीन रत्न प्राविको १ सय ३५ रोपनी जग्गामध्ये ९६ रोपनीको एउटै प्लटमा सरकारले पार्क बनाउने भएको जानकारी गराए । स्थानीय सूर्यबहादुर खड्काले अनावश्यक राजनीतिक क्रियाकलापका कारण विकासमा बाधा सिर्जना भएको उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width