गलेश्वर । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिको निर्णयले यही फागुन २३ देखि आगामी चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म गरी दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
कालीगण्डकी करिडोरको सो सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो । यसअघि पनि मुस्ताङको थासाङ गाउँपालिका–४ मा भिरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गर्न फागुन १५ गतेसम्म दैनिक ४ घण्टा उक्त सडक बन्द गरिएको थियो । “फागुन २३ देखि चैत १५ गतेसम्म विस्फोटक पदार्थको प्रयोग गरेर घाँसा, काभ्रेभिरलगायतका स्थानमा कडा चट्टान फुटाउनुपर्ने भएको छ । यो अवधिमा बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म सबै प्रकारका सवारीसाधन अवरुद्ध हुने छन्”, उहाँले भन्नुभयो, “आवश्यक सहयोगको लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ, प्रहरीचौकी घाँसा र तत्कालको सहयोगको लागि इलाका प्रहरी कार्यालय दाना म्याग्दीमा समन्वय गर्न सकिने छ ।”
Related News
सम्बन्धित समाचार
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
गण्डकीको हिउँदे अधिवेशन आह्वान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१