पर्वत । पछिल्लो समय यहाँका विकट गाउँमा टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ ।
पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा चार भञ्याङ सेवा केन्द्रले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको हो । वषौंदेखि जनशक्तिको अभावमा स्वास्थ्य सेवा लिनबाट वञ्चित रहेका दुर्गमका नागरिकलाई लक्षित गरी वैकल्पिक माध्यमबाट दिइने चिकित्सकीय सेवा (टेलिमेडिसियन) सुरु गरेपछि उनीहरुले सर्वसुलभ रुपमा स्वास्थ्य उपचार पाएका हुन् ।
ग्रामीण क्षेत्रमा इन्टरनेटको माध्यमबाट नेपालका काठमाडौँ, पोखरा तथा बेलायतमा रहेका विदेशी विशेषज्ञ चिकित्सकले स्वस्थ्य सेवा दिन थालेपछि यहाँका नागरिक खुसी भएका छन् । अहिले उक्त सेन्टरमा बिरामीको भीड लाग्न थालेको छ । हाल स्वास्थ्य केन्द्रबाट क्षारे, मानसिक समस्या, पिसाब, छालारोग र नशाका जटिल समस्याभएका बिरामीले स्वदेशी तथा विदेशी विशेषज्ञबाट स्वास्थ्य सेवा लिइरहेको चारभञ्ज्याङ स्वास्थ्य केन्द्रका प्रमुख रोशन गुरुङले जानकारी दिनुभयो ।
केन्द्रले इन्टरनेटको माध्यमबाट स्काइपमार्फत बिरामीका समस्या डाक्टरसँंग राख्ने र ती डाक्टरको सल्लाहमा औषधि उपचार हुने गरेको हो । विगत २०६८ सालमा स्थापना भएको यो केन्द्रबाट हालसम्म करिब २३ हजार बिरामीको उपचार गरिएको छ । यहाँबाट २०० भन्दा धेरै बिरामीलाई सम्बन्धित विशेषज्ञ चिकित्सकलाई बाहिर पठाई उपचार गरिएको छ । यो संस्थामा विश्वका करिब ७०० भन्दा बढी चिकित्सकबाट सेवा प्रवाह भइरहेकोे गुरुङले जानकारी दिनुभयो ।
केहीले नियमित औषधि सेवन गरिरहेका छन् । लामो समयदेखि नशाको समस्याले हिँडडुल गर्नसमेत समस्यामा रहेका फलेवास नगरपालिका–८ का ३८ वर्षीय अर्जुन कुँवरले यही केन्द्रबाट उपचार सेवा लिएर हाल निको भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो नशाको समस्याले गर्दा हिँडडुल गर्न नसक्ने अवस्था थियो, केन्द्रमा आएर विशेषज्ञ चिकित्सकको सुझावका आधारमा नियमित उपचार गरेँ, अहिले निको भएर सहज रुपमा हिँडडुल गर्न पाएको छु ।” उहाँले हाल विदेशी चिकित्सकको सल्लाहमा घाँटीको नशाको शल्यक्रिया गरेपछि आफ्नो समस्या समाधान भएको बताउनुभयो । उहाँजस्तै दर्जनौं बिरामी यहाँ आएर निको भएको सो केन्द्रले जनाएको छ ।
यहाँ आउने बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरासँग समन्वय गरी त्यहाँ पठाउने गरेको र सामान्य बिरामीलाई यहीँबाट उपचार सेवा प्रदान गर्ने गरिएको केन्द्रले जनाएको छ । चार भञ्ज्याङ तमु समाज युकेको पहलमा २०६८ सालमा स्थापना भएको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रले सञ्चालन गर्दै आएको प्राथामिक स्वास्थ्य सेवा र टेलिमेडिसिन सेवामा दैनिक २५ जनाको हराहारीमा सेवा लिन आउने गरेका छन् ।
टेलिमेडिसिन सेवा प्रभावकारी भएपछि हाल फलेवास नगरपालिका, कुश्मा नगरपालिका, महाशिला गाउँपालिका, विहादी गाउँपालिका र छिमेकी जिल्ला बागलुङ तथा गुल्मीदेखि पनि सेवा लिन बिरामीहरु यहाँ आउने गरेका छन् । यस केन्द्रमा टेलिमेडिसिन सेवाका अलवा हेरक वर्ष विदेशी विशेषज्ञ चिकित्सकको उपस्थितिमा निःशुल्क स्वस्थ्य शिविर पनि आयोजन गर्ने गरिएको छ भने केन्द्रले स्वास्थ्य जनचेतनाका लागि स्वस्थ्य शिक्षा अभियान पनि सञ्चालन गर्दै आएको प्रमुख गुरुङले जानकारी दिनुभयो ।
उक्त संस्थाको स्वस्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागि एम्बुलेन्स सेवासमेत सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१