‘अबको १० वर्षमा मुलुक समृद्ध’

आदर्श समाज सम्वाददाता
फागुन १९, २०७८
Positive Think~

स्याङ्जा । सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यले अबको १० वर्षमा मुलुकमा समृद्धिसहित सकारात्मक परिवर्तन हुने दाबी गरेका छन् ।
पुतलीबजार ११ स्थित करेण्डाडामा मंगलबार आयोजित सकारात्मक सोच अभियन्ताबीच भेटघाट कार्यक्रममा बोल्दै उनले अबको पुस्ता धेरै जानेबुझेका र व्यावहारिक भएकाले आउँदा दिनमा मुलुकमा विकास र सम्मृद्धिले गति लिने बताए ।
‘मुलुक बिगारेको मबाटै हो । राजाले पनि होइन र कुनै नेताले पनि बिगारेका होइनन् । जबसम्म हामी सुनको थाली लिएर माग्न हिंड्छौ, तबसम्म हामी परजीवी बनिरहनेछौं,’ उनले भने, ‘सकारात्मक सोच लिएर अघि बढौं समृद्ध मुलुक निर्माण कार्य आफैंबाट सुरु गरौं।’
‘अब, तपाईं हामीले नचाहेर पनि परिवर्तन अवश्य हुन्छ । आशावादी छु । अबको १० वर्षमा मुलुकले कोल्टे फेर्नेछ,’ उनले थपे, ‘हिजोजस्तो आज छैन । नेपाली जनता बुझ्ने भएका छन् । पढेका छन । विदेश पुगेका छन् । सूचना र प्रविधिले विश्वलाई एउटै गाउँ बनाएको छ । सबैले देख्ने गरी विकासका काम भएको देख्न चाहन्छन् ।’

सकारात्मक सोचको अभियान विश्वका ८० मुलुकमा पुगेको र झण्डै ५ लाख भन्दा बढी सदस्य आबद्ध छन्

रोजगारका लागि विदेशमा पुगेका धेरै युवा सीप सिकेर स्वदेश फर्केर व्यवसाय बढाउनेको संख्या दिनप्रतिदिन बढेको बताए । मौलिकता र लगाव भएमा कुनै पनि व्यवसायमा नोक्सान भोग्नु नपर्ने उनका भनाइ छ । संसारमा ९८ प्रतिशत मानिस लगानीले होइन लगान र दिमागले नै सफल भएको बताउँदै उनले प्रकृति र संस्कृतिमा विश्वकै धनि देश नेपाल भएको बताए । पर्यटनविद्, उद्यमी, लेखक तथा सकारात्मक सोचका परिकल्पनाकार एवं अभियन्ता शाक्यले आफ्नै जन्मभूमिमा केही न केही गर्नुपर्नेमा जोड दिए ।
सकारात्मक सोचका अर्का अभियन्ता राजेन्द्रकुमार श्रेष्ठले ५ जनाबाट सुरु गरेको अभियान विश्वका ८० मुलुकमा पुगेको र झण्डै ५ लाख भन्दा बढी सदस्य रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिमा प्रमुख सीता सुन्दास, भीरकोट नगरपालिका प्रमुख छायाराम खनाल, सोही वडाका उद्योग व्यवसायी पृथ्वीप्रसाद अर्याल, पुतलीबजार ५ का सुरेश रेग्मी लगायतले जुनसुकै कार्यका लागि पनि सकारात्मक सोचबाट सुरुवात गर्नु जरुरी रहेको बताए ।
कार्यक्रम सकारात्मक सोचसम्बन्धी रुची राख्ने युवाको उल्लेख्य सहभागीता थियो । कार्यक्रम संयोजन सकारात्मक सोच स्याङ्जाका अभियन्ता कृष्णजंग केसीले गरेका थिए । सकारात्मक सोच पुस्तकबाट प्रेरित भएर केसीले कर्ण शाक्यलाई आदर्श मान्दै आफनै घरमा उत्पादित कफीबाट क्याफे हाउस संचालन गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग