वालिङ । मत्स्य विकास केन्द्र मिर्मीले ३५ हजार माछाका भुरा वितरण गरेको छ । वालिङ र पुतलीबजार नगरपालिकाका किसानको माग आधारमा ३५ हजार माछाका भुरा वितरण गरिएको केन्द्रका प्रमुख रविन्सन अधिकारीले जानकारी दिए ।
‘गण्डकी प्रदेशका सबै जिल्ला कार्यक्षेत्र रहेको यस केन्द्रले पहिलो चरणमा स्याङ्जाका किसानको मागका आधारमा भुरा वितरण गरेका हौं,’ उनले भने, ‘केन्द्रको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत वालिङ र पुतलीबजार नगरपालिकाका किसानलाई माछा उपलब्ध गराइएको हो ।’
किसानको माग र पोखरीको क्षमताका आधारमा भुरा वितरण गरेको हो । वालिङ नगरपालिकामात्रै १९ माछापालक फर्मका किसानलाई १६ हजार माछाका भुरा वितरण गरिएको पशु शाखा वालिङका प्रमुख डा. वसन्त अधिकारीले बताए ।
‘यहाँका किसानको पोखरीको क्षमता हेरेर विभिन्न जातका माछाका भुरा उपलब्ध गराएका हौं,’ डा. अधिकारीले भने, ‘यसले थप व्यावसायिक उत्पादनमा जोड दिंदै माछामा आत्मनिर्भर बनाउने अभियानलाई सहयोग पुग्ने छ ।’
केन्द्रले बिग हेड कार्प, सिल्भर कार्प, रोहु, नैनी जातका माछाका भुरा वितरण गरेको हो । माछापालन पछिल्लो समय व्यावसायिकरुपमा अगाडि बढेको वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताइन् । माछापालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ जसले गर्दा भोलिका दिनमा वालिङमा आवश्यक पर्ने माछा यहीं उत्पादन गर्न सकिने अवस्था आउनेमा विस्वस्त छु उनको भनाइ थियो । व्यावसायिक उत्पादनका लागि नगरपालिकाले यहाँका किसानलाई अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै उत्पादित वस्तुको बजारीकरणका लागि पनि आवश्यक सहयोग गर्ने उपप्रमुख तिवारीले बताइन् ।
Related News
सम्बन्धित समाचार
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
गण्डकीको हिउँदे अधिवेशन आह्वान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१