अब वालिङमै माटो परीक्षण

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७८
mato~

वालिङ । वालिङमा माटो परीक्षण हुने भएको छ । वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनी ल्याब स्थापना गरी सञ्चालनमा ल्याएसँगै वालिङमै माटो परीक्षण हुने भएको हो । माटो परीक्षणकालागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालाहरुमा लैजानुपर्ने बाध्यतालाई हटाउँदै वालिङ नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको माटो परीक्षण ल्याब सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
माटोमा रहेको उर्बराशक्तिमा ह्रास आउन नदिने र उर्बराशक्ति जोगाइराख्न प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
‘पछिल्लो समय माटोमा विभिन्न किसिमका रासायनिक मल तथा विषादीहरुको प्रयोग गर्ने क्रम बढेको छ,’ उनले भने ‘जथाभावी रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटो बिग्रिन गई उत्पादन घट्दै गएकाले माटोको उपचार तथा संरक्षणकालागि आधुनिक प्रविधिको ल्याब स्थापना गरी सञ्चालनमा ल्याएका हौं ।’
नगरपालिकाले प्रयोगशालामा प्रयोग हुने औजार, उपकरण तथा रसायन खरिद गरेर ल्याएको छ । प्रयोगशालाबाट निशुल्करुपमा किसानले ल्याएको माटोको नमुना परीक्षण गरिदिने व्यवस्था मिलाइएको उनले जानकारी दिऐ ।
डिजिटल माटो परीक्षण मिनील्याब सञ्चालनमा आएसँगै माटोमा रहेको पिएच, इसी, प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, सल्फर, जिंक, आइरन लगायत १४ प्रकारका खाद्यतत्व जाँच गरिने कृषि विकास शाखा प्रमुख सुभासचन्द्र अर्यालले बताए ।

माटोमा रहेको उर्बराशक्तिमा ह्रास आउन नदिने र उर्बराशक्ति जोगाइराख्न प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने

‘सुरुआति चरणमा किसानले ल्याउनुभएको माटो निशुल्करुपमा जाँच गरी प्राप्त नतिजाका आधारमा माटोको सुधारका लागि आवश्यक परामर्श दिन्छौं,’ शाखा प्रमुख अर्यालले भने, ‘नगरका १४ वटै वडामा पुगेर किसानलाई माटोको नमुना कसरी लिने भन्ने तरिका प्रदर्शन गरी अभ्यस्त बनाइसकेपछि माटो परीक्षण सेवा थप नियमित र प्रभावकारी ढंगले अगाडि बढाउनेछौं ।’
उक्त प्रयोगशालाबाट माटोमा भएका विभिन्न १४ वटा खाद्य तत्वको डिजिटल प्रविधिबाट यथार्थ विवरण प्राप्त हुने भएकाले पनि छिटो, छरितो र प्रभावकारी हुने शाखा प्रमुख अर्यालले बताए ।
माटोमा रहेका विभिन्न खाद्यतत्व अवस्थाबारे जानकारी पाई माटोको उपचार तथा संरक्षण गर्न सहज हुने विश्वास वालिङ ८ का किसान हरिप्रसाद बगालेले बताए ।
‘माटो परीक्षण गर्न पहिला पोखरा लैजानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अब वालिङमै प्रयोगशाला सञ्चालनमा आएसँगै आाफूजस्तै धेरै किसान लाभान्वित हुनेमा विश्वस्त छौं ।’ साथै नगरपालिकाले आधुनिक प्रविधिसहितको माटो परीक्षण ल्याब सञ्चालनमा ल्याएसँगै यहाँका किसान हर्षित छन् ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width