लमजुङमा विद्युतीय राहदानी वितरण सुरु

नवराज पहाडी
फागुन ७, २०७८
passports

लमजुङ । लमजुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु भएको छ । सेवाग्राहीहरूलाई जिल्ला प्रशासन कार्यालय लमजुङले पहिलो पटक ९७ जना सेवाग्राहीको ई–पासपोर्ट वितरण गरेको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी भूमेश्वर पोख्रेलले पहिलो सेवाग्राही सम्शेर रिमाललाई ई–पासपोर्ट प्रदान गरी वितरण शुभारम्भ गरेका हुन् । उनका अनुसार विद्युतीय राहदानीका लागि जिल्लाबाट प्रमाणीकरण गरी विभागमा पठाइएका फर्ममध्ये पहिलो पटक ९७ जना सेवाग्राहीको पासपोर्ट छापिएर आएको छ । उनले भने, ‘ई–पासपोर्ट छापिएर आएका सम्बन्धित सेवाग्राहीहरुले कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिएर जान सक्ने छन् ।’
करिब १ महिना अघिदेखि ई पासपोर्टका लागि सेवाग्राहीहरूको फर्म भर्ने र अन्य आवश्यक कागजात संकलन गर्ने काम थालेको कार्यालयले राहदानी विभागबाट आएका पहिलो चरणका राहदानी वितरण थालेको हो । जिल्ला प्रशासन कार्यालय लमजुङले अत्यावश्यक र द्रुत सेवाका लागि भने केही महिना अघि नै सेवा सञ्चालनमा ल्याएको थियो । राहदानी विभागबाट विद्युतीय राहदानी ई–पासपोर्ट जारी गर्ने काम सुरु भएको भए पनि मंसिर ७ गतेबाट जिल्लामा सिफारिस सेवा बन्द भएको थियो ।
सरकारले विद्युतीय राहदानी वितरण गर्ने निर्णय गरेसँगै झण्डै २ महिना जिल्लामा बन्द भएको राहदानी सेवा केही हप्ता अघिमात्रै पुन सुरु भएको हो ।
आवेदन पेस भएको १५ दिनभित्र सेवाग्राहीहरूको ई–पासपोर्ट तयार हुने प्रशासकीय अधिकृत जगदीश मिश्रले जानकारी दिए । उनकाअनुसार हाल जिल्लामा विद्युतीय राहदानी वितरणका लागि आवश्यक स्थानमा उपकरण जडान भएपछि जिल्लाबाटै सेवा सुचारु भएको हो । उनले भने, ‘सेवाग्राहीले भरेको फारम र तस्बिरसहित आवेदकको स्पष्ट नाम, थर, ठेगाना, बाबुको नाम थर, नागरिकता नम्बर र जारी मितिलगायत विवरण लिएर जिल्ला प्रशासन कार्यालयमा आउनुपर्छ ।’
सेवाग्राहीले समावेश गरेको विवरण जाँचबुझ गरी जिल्ला प्रशासन कार्यालयले प्रमाणीकरण गर्ने र राष्ट्रिय परिचयपत्र वा सो को नम्बर समेतका आधारमा सिफारिस उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनका अनुसार विद्युतीय राहदानी दर्ताका लागि सेवाग्राही आफैंले पनि अनलाइन दर्ता गर्न सक्नेछ ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width