युवा कवि भट्टको ‘छाइल’ आउँदै

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७८
Pokhara Marathan Photo

पोखरा । डोटीका युवा कवि लोकराज भट्टको उपन्यास ‘छाइल’ को आवरण सार्वजनिक गरिएको छ । डोट्याली सभ्यताको सुगन्ध दिने उपन्यास ‘बुक्स हिमालय’ ले प्रकाशन गर्न लागेको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रकाशक पवन शाक्य, उपन्यासकार लोकराज भट्ट र सम्पादक राजकुमार बानियाँले आवरण लोकार्पण गरेका छन् । ‘जीवनमा धेरै किताब सम्पादन गरें । पढ्दा आनन्द आएका थोरै किताबमध्ये छाइल एक हो’, सम्पादक बानियाँले भने, ‘यसमा वास्तविक अर्गानिक स्वाद छ ।’
युवा पुस्ताले पढ्नै पर्ने उपन्यासका रुपमा छाइल आउन लागेको उनले बताए । ‘कथा युनिक छ । मिठो भाषा शैली र नविन परिवेशले तानिरहन्छ’, उनले भने, ‘पढ्न सुरु गरेपछि नसकी छोड्न मन लाग्दैन ।’
डोट्याली भाषाको शब्द ‘छाइल’ को अर्थ हुन्छ, छाया । यस उपन्यासमा सुुदूरपश्चिम प्रदेशको डोट्याली सभ्यताका छाया र प्रतिछाया सलबलाएका छन् । यसमा पूर्खाको संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई उजिल्याउने जर्मको गरिएको छ ।
कार्यक्रममा सुदूरपश्चिमका सांस्कृतिक अध्येता एवं कवि हेमन्त विवशले ‘छाइल’ नेपाली साहित्यमा कोशेढुं्गा बन्ने विश्वास व्यक्त गरे । उपन्यासमा अनाम गाउँका एक युवाको सपना र संघर्षको हृदय पगाल्ने कथा छ । जीतुराजको बाल्यकाल र किशोरकाल हुँदै युवाकालसम्म उपन्यासले फन्को लगाएको छ । सहरमा अनेक हन्डर र ठक्कर खाँदै भौतारिएको जीतु आखिर गाउँको विश्वविद्यालय भर्ना हुने भन्दै किन फक्र्यो त ? उपन्यासमा पाठकले यसको सुखद समाधान पाउने छन् ।
पिता र पुत्रबीचको सम्बन्ध पनि उपन्यासको सुन्दर पाटो हो । यसमा धेरै बाहरूका जिन्दगीका नभनिएका आत्मीय कथा भेटिने छ ।
डोटीको केआई सिंह गाउँपालिका, वायलमा जन्मेका भट्टको पहिलो आख्यान पुस्तक हो, ‘छाइल’ । अत्यन्त उत्साही र जाँगरिला युवा लेखक भट्टको आख्यान—आगमन आशाप्रद छ ।
छाइल ‘बुक्स हिमालय’को पहिलो उपन्यास हो । यसलाई फागुनमै बजारमा ल्याइने प्रकाशकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width