हेमजा । अन्नपूर्ण गाउँपालिका वडा नं. ८ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले भवन निर्माणसँगै वडाको दैनिक कार्यसम्पादनमा सहजता हुने विश्वास व्यक्त गरे । अध्यक्ष कुँवरले साविक गाविसको (दाङसिङ) भवनसमेत नरहेको उक्त ठाउँमा वडा कार्यालय बन्नु सुखद् भएको जनाए ।
उपाध्यक्ष सगुन गुरुङले संघीयतापछि गाउँमा विकास निर्माणले फड्को मारेको औंल्याउँदै त्यसैको प्रतिफल वडा कार्यालय भएको बताइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, नेपाली कांग्रेस कास्की ३ का सभापति मनोज गुरुङ, नेकपा एमाले कास्की सदस्य तथा कलाकार सुरेन्द्र गुरुङलगायतले पनि धारणा राखेका थिए ।
जिल्ला समन्वय समिति ६० प्रतिशत तथा गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा कुल ८३ लाखको लगानीमा दुई तले पक्की भवन निर्माण गरिएको हो । जसमा जम्मा ८ कोठा र ४ शौचालय छन् । वडाध्यक्ष बिजय गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य टेकबहादुर गुरुङले स्वागत तथा पशु प्राविधिक लीलाधर अधिकारीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१