गण्डकी विश्वविद्यालय तेस्रो वर्षमा

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७८
GU Photo

पोखरा । देश संघीय संरचनामा गएसँगै मुलुकले गण्डकी प्रदेश विश्वविद्यालय पाएको २ वर्ष पूरा भएको छ । गण्डकी प्रदेशले ऐन पारित गरेरै प्रदेशस्तरीय गण्डकी विश्वविद्यालय स्थापना गरी बुधबार वार्षिकोत्सव मनाएको छ ।
प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेक २०७६ पारित भई विश्वविद्यालय खुलेको थियो । हालसम्म सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्ने परम्परालाई तोड्दै गण्डकी प्रदेशले उच्चशिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउने लक्ष्यसहित प्राध्यापकमध्येबाटै उपकुलपति बनाउने प्रदेश सरकारले ऐनमै व्यवस्था गरे अनुसार प्राडा गणेशमान गुरुङ २०७६ फागुन ४ गते कुलपति नियुक्त भएका थिए । स्थापना कालदेखि नै अध्यन, अनुसन्धान र पढाइ, अनुसन्धान र आविष्कारमा जोड दिएको विश्वविद्यालयले अुनसन्धानतर्फ कोदोको रक्सीे ब्रान्डिङको काम गरिहेको छ भने अविष्कार केन्द्रको भवन शिलान्यास गरेको छ । पोखरा ३२ मा बनेको आविष्कार केन्द्रको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका छन् ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा केही भएन भन्नेहरुका लागि विश्वविद्यालय गतिलो जवाफ भएको बताए । ‘प्रदेश सरकार कहाँ छ भन्नेहरुका लागि ठूलो जवाफ हो विश्वविद्यालय,’ उनले भने, ‘यो सँगै संघीयतामा केही भएन भन्नेहरुको लागि समेत उदाहरण हो ।’ आफू प्रतिपक्षमा हुँदा पनि विश्वविद्यालय बनाउनुपर्छ भनेर सहयोग गरेको स्मरण गर्दै प्रदेशका गौरवका आयोजनामा सबै मिलेर जानुपर्ने धारणा राखे । यसलाई अझै राम्रो बनाउनका लागि अन्य देशका विश्वविद्यालयका विज्ञहरुसँग सल्लाह गरेर अगाडि बढ्नुपर्ने उनले बताए । यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । प्रदेश सरकारको प्राथमिकता स्वास्थ्य क्षेत्र भएकाले गण्डकीमा शिक्षण अस्पतालको आवश्यकता महसुस गरेकै बेला विश्वविद्यालयले अवधारणा ल्याएर राम्रो कामको सुरुआत गरेको बताए । यसका लागि प्रदेश सरकारले प्रक्रिया सुरु गरिसकेको जानकारी दिए ।

प्रदेश सरकार कहाँ छ भन्नेहरुका लागि ठूलो जवाफ हो विश्वविद्यालय

७ प्रदेशमध्ये गण्डकी प्रदेशमा विश्वविद्यालय स्थापना गरेर अरु प्रदेशलाई पनि प्रेरणा दिने काम गरेको निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । यसलाई अरु विश्वविद्यालयहरूभन्दा निकै भिन्न तरिकाले सञ्चालन तथा व्यवस्थापन गरेको गरी उच्चशिक्षामा उदाहरणीय प्रस्तुत गर्ने काम सुरुआतबाटै भइरहेको उनको भनाइ थियो । राज्यको आवश्यकता र विश्व–बजारमा बिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्थापित गण्डकी विश्वविद्यालयले २ वर्ष पूरा गरेकोमा उनले शुभकामना दिए । शिक्षा क्षेत्रमा राजनीति हुनुहँुदैन भनेरै प्राध्यापकमध्येबाटै उपकुलपति हुने प्रावधान स्थापित गरेकाले गण्डकी विश्वविद्यालयको विकासका लागि सरकार पक्ष र प्रतिपक्ष भन्न नहुने उनको धारणा थियो । विश्वविद्यालयको विकासका लागि आफ्नो साथ र सहयोग रहने गुरुङले बताए ।
कुलपति गुरुङका अनुसार विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रबाटै कुलपति नियुक्ति गरेर गण्डकी प्रदेशले उच्च शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाएको उदाहरण पेस गरेको बताए । ‘हामीले सबभन्दा पहिलो काम १५ सदस्यीय बोर्ड अफ ट्रस्टी गठन गरेर विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक व्यवस्थापनको काम गरिरहेका छौं,’ उनले भने । एकातिर विश्वविद्यालयको भवन निर्माण र अर्कोतर्फ पठनपाठनका लागि शैक्षिक तथा प्राज्ञिक वातावरण बनाउने तयारीमा जुटेको उनले सुनाए । यसले शिक्षण र अनुसन्धानलाई जोड दिने भएकाले प्राध्यापकहरू विश्वविद्यालयभित्र प्रवेश गरेपछि प्राज्ञिक काममै व्यवस्था हुने वातावरण तयार उनले बताए ।
कार्यक्रममा शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, विश्वविद्यालयका न्यासिक परिषद् अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा, रजिस्टार कैलाश तिमिल्सिना, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष रघुराज काफ्ले लगायतले शुभकामना दिएका थिए ।
२०७६ फागुन ४ गते प्राडा गणेशमान गुरुङलाई कुलपति नियुक्त गरी विभिन्न मितिमा उपकुलपति, डिन तथा रजिस्टार नियुक्त गरिसकेर जग्गा प्राप्ति पछि २०७८ वैशाख १४ गते पोखरा ३२ ज्ञानकुञ्जमा विश्वविद्यालयका भवन शिलान्यास गरेर काम अघि थियो । निकट भविष्यमै एमबिबिएस पढाइसँगै शिक्षण अस्पतालको अवधारणा ल्याएको विश्वविद्यालयमा जग्गा प्राप्तिको समस्या रहेको प्राडा गुरुङले बताए । विश्वविद्यालय अन्तर्गत भण्डारढिकमा सञ्चालित स्पोर्ट्स म्यानेज्मेन्टमा २० जना, पोखरा ३२ मा सञ्चालित फार्मेसीमा १५ जना विद्यार्थी छन् भने महेन्द्रपुलबाट सुरु गरिएको आइटीमा २९ जना विद्यार्थी अध्ययनरत छन् ।

Related News

सम्बन्धित समाचार

  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • गुरुङ सम्पदा पदमार्ग घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ गण्डकीको पर्यटनमा पर्याप्त रकम विनियोजन हुन नसकेकोमा सहमत छन् । उनले पोखरा…
  • पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने

    आदर्श समाज सम्वाददाता श्रावण ६, २०८१
    पोखरा । केदारेश्वर महादेवमणि सेवाश्रम समिति आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ ।…
  • विपद् व्यवस्थापनमा ३ तहका सरकार सँगसँगै

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । मनसुनजन्य विपद्बाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सोमबार सरोकारवालाबीच छलफल भएको…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…

hero news full width