वालिङ । वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक सार्वजनिक सुनुवाई आइतबार सम्पन्न गरेको छ । वालिङ ५ जगतभञ्ज्याङस्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले नागरिकहरुबाट प्राप्त असल सुझावहरुलाई कार्यान्वयन गर्दै लगिने बताए ।
वालिङ नगरपालिका एक्लैको प्रयासले मात्रै विकास सम्भव नहुने भएकाले सबैको सकारात्मक सहयोग आवश्यक रहेको उनले बताए । ‘विकास निर्माणमा सबै दलहरु एकजुट भई राजनीतिक स्वार्थभन्दामाथि उठेर कार्य गर्नुपर्छ,’ उनले भने, ‘विरोधकालागि विरोध गर्नेभन्दा पनि सत्यतथ्यका आधारमा प्राप्त भएका सल्लाह तथा सुझावहरुलाई ग्रहण गर्दै अगाडि बढ्न प्रतिबद्ध छौं ।’
कार्यक्रममा वालिङ नगरपालिकाले गरेका गतिविधिहरु तथा महेन्द्र माध्यमिक विद्यालयमा सञ्चालित नमूना विद्यालय केन्द्रित सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासा तथा गुनासाहरुको नगर प्रमुख खाँण, प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले सहजीकरण गरेका थिए ।
नेकपा एमाले स्याङ्जाका निवर्तमान उपाध्यक्ष उदय श्रेष्ठ, नेपाली कांग्रेसका नेता नरप्रसाद रेग्मी, एमाले जिल्ला सचिवालय सदस्य पुण्यप्रसाद अर्याल, वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेल, सचिव यमकान्त खनाल, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद पोख्रेल, विद्यालय ब्यवस्थापन समितिका सदस्य जीतबहादुर नेपाली, प्रेस चौतारी स्याङ्जाका अध्यक्ष सुशील सुवेदी, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर सेन, नर्मदा खड्का, सुनीता खड्का, रमेश लामिछाने, तिलकबहादुर गुरुङ, नारायणप्रसाद रेग्मी, इन्द्रप्रसाद पंगेनी, फगिन्द्रबहादुर थापालगायतले सुझाव तथा गुनासाहरु राखेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईको स्वागतसँगै सुरु भएको कार्यक्रम नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा भएको थियो । वालिङ ५ का अध्यक्ष ढाकाराम पंगेनीले स्वागत र प्रेस सल्लाहकार तोलाकान्त बगालेले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
गण्डकीको हिउँदे अधिवेशन आह्वान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
माघ २२, २०८१